back
NMB ad

स्थानीय तह चुनावः एउटै पदमा बाबुछोराको भिडन्त !

Kumari bank ad

प्युठान। लामो समयदेखि राजनीति क्षेत्रमा लागेका प्यूठान नगरपालिका–९ मरन्ठानाका बाबुछोरा स्थानीय तह निर्वाचनमा एउटै पदमा उम्मेदवार बनेका छन्। सहमती गरेर अघि बढ्ने प्रयास भएपनि कुरा नमिलेपछि दुवैको उम्मेदवारी घोषणा भएको हो।

नगरपालिकाको ९ नम्बर वडा अध्यक्ष पदमा बाबु भरत बहादुर केसी र जेठो छोरा बाचुन केसी उम्मेदवार बनेर बनेका हुन्। बुवा नेपाली कांग्रेस र छोरा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा छन् । दुवैले आफ्नो जित सुनिश्चत भएको दावी गरेका छन् ।

‘छोरालाई उम्मेदवार फिर्ता लिएर मलाई सहयोग गर भने तर मानेन’, बुवा भरतले भने, ‘कांग्रेस छाडेर राप्रपाबाट उठ्नुस अनिमात्र सहयोग गर्छु भन्छ।’

०५२ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेका उनी पार्टी परिवर्तन गर्ने सोच नभएको सुनाउँछन् । ‘बीपीको विचार र सिद्धान्त मन परेर कांग्रेसमा लागेको हुँ’, उनले भने, ‘बुढेशकालमा आएर छोराले पो पार्टी छोड्नुहोस् भन्छ।’

पार्टीले सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाएको बताउँदै उनले गाउँका करिव ९० प्रतिशत मतदाताले आफूलाई भोट हाल्ने समेत दावी गरे । ‘श्रीमती र छोराले मलाई नै भोट हाल्छन्’, उनले भने, ‘एकै पदमा बाबु छोराको प्रतिस्पर्धा हुने भयो।’

६४ बर्षीया केसी ०४३ सालको पञ्चायतकालमा समेत तत्कालीन मरन्ठाना गाविसको राप्रपाबाट उपप्रधानमा विजयी भएका थिए । ०४९ सालको स्थानीय निकाय निर्वाचनमा राप्रपाबाटै गाविस अध्यक्ष उठेका केसी ५० मत अन्तरले राजमोबाट पराजय भएका थिए ।

४० वर्षीया छोरा बाचुन केसी पनि विद्यार्थी जीवनदेखि राजनीति क्षेत्रमा लागेका हुन् । उनलाई राप्रपाले सर्वसम्मतरुपमै वडा अध्यक्षको उम्मेदवार उठाएको छ।

‘बुवा हाम्रो पार्टीबाट चुनाव लडेमा साथ दिन सकिन्छ’,उनले भने, ‘कांग्रेसमै रहे साथ दिन सकिँदैन।’ बुवासँग राजनीति प्रतिसोध नराखी चुनाव लड्न पाउँदा आफूलाई ‘भाग्यमानी’ ठानेको समेत उनले बताए ।

प्रकाशित मितिः २०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार १४:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...