back
NMB ad

लोमान्थाङमा चिसो बढेको छ “तैपनि नेपालीहरु जानेक्रम रोकिएको छैन”

Kumari bank ad

मुस्ताङ । माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति ।

उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै विशेषतामा रमाउन यतिबेला यहाँ आन्तरिक पर्यटकको खचाखच भीड लागेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट दुईदिने पैदल यात्रापछि पुगिने लोमान्थाङलाई आन्तरिक पर्यटकले ‘भर्जिन गन्तव्य’का रुपमा चित्रण गर्ने गर्छन् ।

“लोमान्थाङ पुग्नु स्वर्गको स्वर्णिम अनुभूति गर्नु जस्तै हो । घुम्नका लागि यो भर्जिन गन्तव्य हो”, हालै लोमान्थाङमा पुगेर फर्केका पोखराका पर्यटन व्यवसायी चक्र गुरुङले भने, “त्यहाँको सुन्दरताको बयान गरी साध्य छैन, त्यहाँ पुग्दाको आनन्द शब्दमा वर्णन गर्न सक्दिनँ ।”

एकै लहरमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्य सत्कार पर्यटकका लागि कहिल्यै नभुल्ने क्षण हुन् । दसैं र तिहारको बिदा मनाउन नेपाली धमाधम लोमान्थाङ पुग्न थालेका छन् । केही वर्षअघिसम्म बाह्य पर्यटकको मात्र चहलपहल हुने लोमान्थाङमा आन्तरिक पर्यटकको आकर्षण व्यापक बनेको लोमान्थाङका होटल व्यवसायी छिरिङ सान्मो गुरुङले बताए । लोमान्थाङमा १० वटा सुविधासम्पन्न होटल छन् ।

ती होटलमा एकैरात एकसय ५० जनासम्म बास बस्न सक्छन् । “तर होटल भरिभराउ भएपछि घरमा लगेर पनि सुताउने गरेका छौँ”, गुरुङले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले नेपाली पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि अहिले दैनिक दुई सयको हाराहारीमा नेपाली लोमान्थाङ भ्रमणमा पुग्ने गरेका छन् । लोमान्थाङ क्षेत्रमा वार्षिक चार हजारको हाराहारीमा बाह्य पर्यटक पुग्ने गरेको एक्यापको तथ्याङ्क छ ।

एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले आन्तरिक पर्यटकको ‘फ्लो’ (प्रवाह) बढेको बताए । “अफसिजन सुरु हुन लागेको छ, चिसो पनि बढेको छ”, उनले भने “तैपनि नेपालीहरु जानेक्रम रोकिएको छैन ।” रासस

४ कात्तिक २०७३

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०८:२४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...