back
NMB ad

लोठसल्लाबाट एकै जनाको आम्दानी वार्षिक २० लाख

Kumari bank ad

ललितपुर । गोटीखेल, महांकाल गाउँपालिका धामीडाँडाका ६२ वर्षीय दलबहादुर तिमल्सिना १५ वर्षदेखि लोठसल्लाको आम्दानीले परिवारको गुजारा चलाइरहेका छन् । निरक्षर उनी वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्छन् । उनको दसजनाको परिवार लोठसल्लामै निर्भर छ ।

दुई सय बिरुवा रोपेर खेती सुरु गरेका दलबहादुरले अहिले १७ रोपनी जग्गामा ४० हजार बिरुवा लगाएका छन् भने १० हजार रूखबाट आम्दानी लिँदै आएका छन् । गत वर्ष लोठसल्लाको पातबाट १२ लाख र बिरुवा बिक्रीबाट २१ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । ‘चापागाउँमा दुईवटा घडेरी किनेको छु’, उनले भने, ‘चामल र तरकारी किन्ने पनि यसैको आम्दानीबाट हो।’

उनी यस वर्ष एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्यमा छन् । भारतको नागाल्यान्डमा १५ वर्ष कृषि क्षेत्रमा काम गरेर फर्केका दलबहादुरले गाउँका ३० भन्दा बढी परिवारलाई लोठसल्ला खेतीमा लगाएका छन् ।

महांकाल गाउँपालिका-३ सिसवनका ६४ वर्षीय इन्द्रमान तामाङ पनि १४ वर्षदेखि लोठसल्ला रोपेर यसैको आम्दानीबाट जीवन गुजारा गर्दै आएका छन् । श्रीमती भूमाया तामाङसँग उनको दैनिकी नै लोठसल्लाको नर्सरी र बोटको स्याहार गर्ने हो । अहिले तीन हजार बोटबाट इन्द्रमानले आम्दानी लिँदै आएका छन् । गाउँकै सनमान, राम र इन्द्रकुमार तामाङले पनि तीन वर्षदेखि लोठसल्लाबाट आम्दानी लिन थालेका छन् । सिसवन गाउँका अधिकांश परिवार परम्परागत खेती छाडेर लोठसल्लातर्फ आकर्षित भएका छन् ।

एकपटक रोपेपछि सय वर्षसम्म आम्दानी दिने भएकाले लोठसल्ला राम्रो आम्दानीको स्रोत भएको इन्द्रमानले बताए । रेडियो नेपालबाट लोठसल्ला औषधिमा प्रयोग हुन्छ र बिक्री हुन्छ भन्ने सुनेपछि उनले जंगलबाट बीउ ल्याएर खेती विस्तार गरेका हुन् । अहिले उनले बारीमा रोपेको लोठसल्ला १७ फिटसम्म अग्लो भएको छ । सात वर्षदेखि उनले पात बिक्री गरी आम्दानी लिँदै आएका छन् । ‘वर्षमा एकपटक पात काट्न मिल्छ । पातले ढाकेसम्मको डाँठलाई काट्न मिल्ने भएकाले तौल पनि राम्रो हुन्छ’, उनले भने, ‘बिहान उठेदेखि लोठसल्ला नर्सरीमा पानी लगाउँछु, खेती हेरचाह गर्छु ।’ इन्द्रमानकी श्रीमती तिलकुमारीले बुढेसकालमा चाहिएला भनेर केही रकम जम्मा गर्ने गरेको बताइन् ।

दुई वर्ष बेलायत बसेर फर्किएका सिसवनकै ३० वर्षीय निरञ्जन घिमिरे २०७० सालदेखि लोठसल्ला खेतीमा लागेका छन् । उनले निजी जग्गामा ५० हजार बिरुवाको नर्सरी बनाएका छन् भने चार हजार बोट रोपेर आम्दानी लिन थालेका छन् । ‘वार्षिक सात लाखसम्म आम्दानी हुने गरेको छ’, उनले भने । रोपेको तीन वर्षपछि आम्दानी सुरु हुने र एक शताब्दीसम्म पातबाट आम्दानी हुने भएकाले उत्साहित भएको उनले बताए । उनका अनुसार पात प्रतिकिलोग्राम दुई सय ५० र बिरुवा प्रतिगोटा ५० रुपैयाँमा घरबाट बिक्री हुने गरेको छ । कटिङ, लेयरिङ, बोर्डिङ र सिड (बिउबाट उमार्ने) गरी चार प्रविधिले बिउ उमारेर वृक्षरोपण गर्ने गरिन्छ ।

खेती विस्तारले बिरुवाको माग बढेकाले त्यसअनुसार पूर्ति गर्न नसकिएको इन्द्रमान बताउँछन् । ‘जिल्ला वन कार्यालयले नै बिउ खरिद गरिदिने गरेकाले दुई वर्षयता माग पूरा गर्न सकिनँ’, उनले भने । जिल्ला वन कार्यालय ललितपुरले भने निजी जग्गाका किसानलाई प्रस्ताव आह्वान गरी सहयोग गर्ने तयारी गरेको बताए । नर्सरी रोपणमा सहयोग, लोठसल्ला खेतीका लागि रोपण खर्च, बिरुवामा अनुदान, जडीबुटी भण्डार र प्रशोधन सहयोग गर्ने कार्यक्रम ल्याएको जिल्ला वन कार्यालय ललितपुरका सूचना अधिकारी प्रेमकुमार शाहले बताए । ‘३५ लाख बजेट लोठसल्ला किसानको हितमा हुने गरी कार्यक्रम बनाएका छौं । यसले किसानलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास छ’, उनले भने । वन कार्यालयले किसानले उत्पादन गरेका बिउ खरिद र बजारीकरणमा समेत सहयोग गरेको उनले बताए ।

लोठसल्लाको बिउ सामान्यतया असोज-कात्तिकमा रोपिन्छ । झन्डै १८ महिनापछि बीउ अंकुराउँछ । त्यसरी अंकुराएको बिउ फागुन-चैत महिनामा रोपेपछि १८ महिनामा नर्सरी तयारी भई रोप्न योग्य बिरुवा उत्पादन हुने किसान बताउँछन् । उत्पादित लोठसल्लाको पात माछापुच्छ्रे हर्बल, बासाहामाडी नेचुरल हर्बल हेटौंडा र ज्ञान हर्बल नेपालगन्जले खरिद गर्दै आएका छन् । घाममा सुकाएको पातबाट रातो पाउडर बन्ने भन्दै घाममा नराखी सुकाए हरियो पाउडर बनाएर बिक्री गरिन्छ ।

क्यान्सरको औषधि

लोठसल्लाको पातबाट बन्ने ‘टक्सुल १० डीएबी’ क्यान्सरका लागि औषधि प्रमाणित भएको वनस्पति विभाग प्राकृतिक सम्पदा अनुसन्धानशालाका सहायक अनुसन्धान अधिकृत रमेशकुमार यादवले बताए । केही जिल्लाका सामुदायिक, सरकारी र निजी वनमा लोठसल्लाको खेती विस्तार हुने क्रम बढेको वन विभागले जनाएको छ ।

ललितपुर, मकवानपुर, काभ्रे र दोलखामा उत्पादन गरिएको लोठसल्लाको पातबाटै टक्सुल १० डीएबी तेस्रो निकाल्न थालिएको यादवले बताए । १२ चरणमा क्यान्सर निर्मूल गर्ने औषधि निर्माण गरिने भए पनि नेपालमा तीन चरणको मात्र काम गरी विदेशमा बिक्री गर्ने गरिएको वनस्पती विभागले जनायो । एक टन पातबाट एक किलोग्रामसम्म टक्सुल उत्पादन हुने जानकारी कम्पनीले दिएको छ ।

२१ चैत २०७३, अन्नपूर्णपोष्ट, ८।००

वि.सं.२०७३ चैत २१ सोमवार ०८:५९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...