back
NMB ad

मोदीको बिजुली आउन ढिला हुने भो ! के हुन्छ अब ?

Kumari bank ad

पर्वतमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाको उत्पादन सुरु हुन ६ महिना ढिला हुने भएको छ । आयोजनाले आगामी साउनबाट विद्युत उत्पादन सुरु गर्ने तालिका रहे पनि सुरुङ तयार नभएकाले उत्पादनको मिति पछि सरेको आयोजना प्रमुख पवन यादवले बताए ।

‘साउनबाट उत्पादन सुरु गर्ने लक्ष्यले काम गरिरहेका थियौं,’ उनले भने, ‘ठेकेदारले सुरुङको काम नसकेकाले पुसअघि उत्पादन सुरु गर्न सम्भव देखिएन ।’

मनाङ ट्रेड लिंक प्रालिले निर्माण गरिरहेको आयोजना ९५ प्रतिशत सकिएको छ । आयोजनाको हेडवक्स ९५ प्रतिशत काम पूरा भएको यादवले जानकारी दिए । सुरुङ खन्ने काम पूरा भई कंक्रिटिङ भइरहेको छ । यादवका अनुसार कंक्रिटिङको काम ४० प्रतिशतको हाराहारीमा मात्रै सकिएकाले ढिला हुने देखिएको हो ।

कमजोर भौगर्भिक अवस्थाका कारण सुरुङमा समस्या देखिएको आयोजनामा कंक्रिटिङमा पनि समय लागेको छ । सुरुङको काम पूरा हुन ४ महिना थप लाग्ने यादवले बताए । विद्युतगृहमा ७० प्रतिशत काम सकिएको छ । सिभिलको काम पूरा भएको २ महिनाभित्रमा आयोजनाले विद्युत उत्पादन सुरु गर्ने यादवको भनाई छ । आयोजनामा जडान हुने हाइड्रोमेकानिकल तथा इलेकट्रोमेकानिकल उपकरण आयात भइसकेको मनाङ ट्रेडलिंकले जनाएको छ ।

आयोजनाले निर्माणपछि वार्षिकरूपमा ११७.९९ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत ४.२ किलो मिटर दुरीको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसनमा जोडिनेछ । २०६९ सालबाट निर्माण सुरु भएको आयोजना ४ अर्ब रुपैयाँको लागतमा पूरा गर्ने लक्ष्य राखिएको छ । उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १७:२७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...