back
NMB ad

लुम्बिनीमा पाँच हजार मानिस अट्ने सभाहल बनाउँछुः प्रधानमन्त्री

Kumari bank ad

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार अट्ने सभासहल एक बर्षमा बनाउँने घोषणा गरेका छन् ।

शनिबार महामानव गौतम बुद्धको २५६० औँ जन्मदिनको अवसरमा विश्व शान्तिका अग्रदूत बुद्धको जन्म स्थल लुम्बिनीमा सरकारले गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज बिहान पानी परेर हाम्रा पाहुँनालाई दुःख दियो । हामी अब एक वर्षमा लुम्बिनीमा पाँच हजार अट्ने सभासहल बनाउँछौँ ।’

ओलीले सभाहल निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिए । प्रधानमन्त्री ओलीले लुम्बिनीलाई जीवनमा एक पटक अनिवार्य रुपमा आउनुपर्ने ठाउँको रुपमा समेत विकास गर्ने बताए ।

‘लुम्बिनीलाई बौद्धधर्मावलम्बी तथा अन्य नेपालीको पवित्र तीर्थस्थलको रुपमा विकास गरी जीवनमा एक पटक अनिवार्य रुपमा आउनुपर्ने ठाउँको रुपमा विकास गर्न चाहन्छौँ’, ओलीले भने ।

ओलीले लुम्बिनीको विकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । ओलीले बुद्धको बारे सत्य, तथ्य जानकारकिा लागि शनिबार भएको भेलाले महत्वपूर्ण भूमिका खेल्ने समेत उल्लेख गरे ।
 प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार १४:२१ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...