Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017

बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ करोडौंको हकप्रद सेयर,बुक क्लोजको मिति याद गर्नुहोस् !

May 23, 2017

share market stock nepal

काठमाडौ । माछापूछ्रे बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । १० बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि (जेठ ७ गते) नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको बैंकले जेठ १६ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् ।

माछापूछ्रेले एक सय रुपैयाँ अंकित मूल्यमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रकाशित मितिः २०७४ जेठ ९

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु