back
NMB ad

लगानीकर्ताहरु ? बैंकको तीन लाख ७१ हजार ८२९ कित्ता सेयर लिलामिमा

Kumari bank ad

काठमाडौ । माछापुच्छ्रे बैंकले हकप्रदमा बिक्री नभएको सेयर लिलालीमा लैजाने भएको छ । बैंकले सर्वसाधारण समूहको तीन लाख २३ हजार २०६ कित्ता र संथापकतर्फको ४८ हजार ६२३ कित्ता गरी कुल तीन लाख ७१ हजार ८२९ कित्ता सेयर लिलामिमा बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम मूल्य एक सय रुपैयाँ भन्दा माथि भाउ तोकेर बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र भर्ने मिति फागुन २७ गतेदेखि सुरु हुनेछ । चैत ३ गते भर्न सकिने अन्तिम म्याद तोकिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड काडमाडौं प्याजा कमलादीमा गएर फारम भर्न सकिने व्यवस्था छ ।

माछापुच्छ्रेले यसअघि मंसिर १९ गतेदेखि माघ २ गते सम्म ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद लिलामीमा आवेदकले न्यूनतम एक सय कित्ता वा त्यो भन्दा बढी १० अंकले भाग जाने सबै कित्तामा आवेदन दिन पाउने छन् । बोलपत्र पेस गर्दा आवेदकले अनिवार्य रुपमा डिम्याट खाता उल्लेख गर्नु पर्नेछ । सेयर बाँडफाँट पछि डिम्याट खातामै सेयर जम्मा हुने भएकाले डीम्याट खाता नहुनेको आवेदन स्वतः रद्द हुने बैैंकले जनाएको छ । बोलपत्र चैत ४ गते सिभिल क्यापिटल मार्केट लिमिटेड काडमाडौं प्याजा कमलादीमा विहान ११ बजे खोलिने छ ।

प्रकाशित मितिः २०७३ फागुन १४

वि.सं.२०७३ फागुन १४ शनिवार १५:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...