काठमाडौं । संसदमा सरकारको अविस्वासको प्रस्तावको छलफलमा भाग लिँदै नेकपा एमाले नेता तथा पूर्वप्रधामन्त्री माधव नेपालले डुब्न लागेको देश बचाउने माझीको आवश्यकता रहेको कुरा बताएका छन् ।
नेता नेपालले भने–‘म एक कार्यक्रममा गएको थिए त्यहाँ गीत बजिरहेको थियो ‘मेरो देश डुब्न लाग्यो, माझी बचाई देउ’ कार्यक्रममा बजेको गीत जस्तै नेपालको अहिलेको हालत त्यस्तै छ । तर, देश जोगाउने माझी देखिएन ।’
त्यस्तै संसदमा नेपालले नेपाली नेता तथा दलमा समग्र राष्ट्रलाई कसरी अगाडि लाने भन्दा पनि आफ्नो दलगत तथा व्यक्तिगत स्वार्थबाट अगाडि बढ्न नसकेको बताए।
नेता नेपालले कुनै नेता तथा दल देश बचाउने अभियानमा नरहेको भन्दै यो मुलुकमा सहमतिको खाँचो रहेको औल्याएका छन् । देशमा प्रधानमन्त्रीको म्युजिकल कुर्सी चलिरहने भन्दै नेता नेपालले आफ्नो नगरमा देशको बारेमा सोच्ने कुनै मान्छे नै नपाएको बताएका छन् ।
प्रकाशितः २०७३ साउन ८
वि.सं.२०७३ साउन ८ शनिवार १३:०८ मा प्रकाशित