back
NMB ad

म मधेशमा जन्मेको धर्ती पुत्रले भनेको नहुने, जस्को बाउ बाजेको अत्तो पत्तो नै छैन नेपालमा उस्ले भनेको हुने ? -माधव नेपाल

Kumari bank ad

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपालले अहिलेको संविधान संशोधनको माग तराई–मधेशका जानताले नगरेको प्रष्ट पारेका छन् । प्रेस चौतारी नेपालको आयोजनामामा बागबजारमा आयोजित अन्तरकृया कार्यक्रममा नेता नेपालले भने हामी कतिपयमा अहिले एउटा बुझाइएको कमजोरी देखिन्छ–फलानो मान्छेले भन्यो भन्दैमा सिंगै मधेसको माग भनेर बुझ्ने गल्ती नगरौं । उनले मधेशवादी नेतालाई लक्षित गरेर प्रतिप्रश्न गरे म माधव नेपाल रौतहटमा जन्मिएको मधेशको धर्ती पुत्रले भनेको ले भनेको कुरा नहुने, जसको बाउ बाजेको ठेगान छैन, जन्म नै नेपालमा भएको होइन, उसले भनेका कुरा चाँही मधेसको हुने ?

कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देवालाई लक्षित गर्दै भने झमेलामा पु¥याउने भूमिका नहोस्, तपाईं (शेरबहादुर देउवा) धेरै पटक प्रधानमन्त्री भएको मान्छे हो, देश–विदेश भ्रमण गरेको परिपक्व व्यक्ति, चुनौति कसरी सामना गर्ने सबै थाहा छ । त्यसैले कम अनुभवी प्रचण्डले कमजोरी गरे भन्दैमा तमासा हेर्ने होइन, कुन त्रास र दवावले त्यस्तो गरिराख्नुभएको छ, ढाडस दिने काम गर्नुस् ।

नेता नेपालले एमालेलाई मिलेर जाऊँ भनेर कसैले एउटा हात दिन्छ भने हात दिन तयार रहेको बताए । कांग्रेस र माओवादी केन्द्र दुवैले मिलेर जाऊँ भन्छन् भने एमाले मिलेर जान तयार छ । हामी नेपालको आन्तरिक मामिला आफैं हल गर्नुपर्छ भन्ने पक्षमा छौं ।

जनताको भावना नबुझे कांग्रेस र माओवादी पत्तासाफ हुन्छन्

५ नम्बर प्रदेशले के चाहन्छ भन्ने कुरा लाखौं जनता सडकमा उत्रेर लगाएको नारा र ऐक्येबद्धताले प्रष्ट गरिसकेको छ । तैपनि चेत्दैनन्, जनताको भावना बुझ्दैनन् भने कांग्रेस र माओवादी केन्द्र आउँदो निर्वाचनमा पत्तासाफ हुनेछन् । मोरङ–सुनसरीदेखि पर्सासम्मका जनताको एउटै माग–सिमांकन परिवर्तन होइन, देशमा चुनाव र विकास चाहिएको छ ।

सर्बोच्चको फैसलाले देशलाई ठूलो दुर्घटनाबाट बचायो
एमालेले प्रदेशसभाको सहमतिबिना सिमांकन हेरफेर असंवैधानिक हुने जुन अडान राख्दै आयो, अदालतको फैसलाले पार्टीको अडान सही रहेको पुष्टि गरेको छ । फैसलाको हामी स्वागत गर्छौं । वास्तबमा अदालतको फैसलाले देशलाई ठूलो दुर्घटनाबाट बचाएको छ, ठूलो खतरा र जोखिमबाट देश जोगिएको छ । किनकी ५ नम्बर प्रदेश विभाजन गर्ने उनीहरुको सुरुवाती कदम थियो, सिंगै तराई अलग नगरेसम्म चुप लाग्दैनौं भनिरहेका बेला अदालतको फैसलाबाट सिमांकन हेरफेर रोकिएको छ ।

मिति घोषणा गर्नुस्, को आउँदैन चिन्ता नगर्नुस्

एमालेसहित सबैको ध्यान अब चुनाव हुनुपर्छ । मिति घोषणा गर्नुस्, को आउँछ, आउँदैन चिन्ता नगर्नुस् ।

जातीय, धार्मिक मामिलामा हामी कहिले सम्बेदनशील हुने ?

भारतको सर्बोच्च अदालतले जात र धर्मका नाममा राजनीतिक दलहरुले मत माग्न नपाउनेगरी फैसला ग¥यो । तर हाम्रो मुलुकमा चाँही राष्ट्रिय एकता वलियो बनाउने होइन, कसरी दूरी बढाउने ? काम भइरहेको छ । देश टुक्र्याउने, बिखण्डन नै गर्ने धम्की दिईंदा, देशभक्तिलाई होच्चाउने काम हुँदासमेत नियन्त्रण गर्ने, सजाय दिने काम हुन्न । तर विदेशमा कडा सजायँ दिइन्छ । यस्तो बिडम्बना मुलुकले भोगिरहेको छ । जातीय, धार्मिक विषयमा बोल्दा, व्यबहार गर्दा होस पु¥याउनुपर्छ । यी सबै मामिलामा संसारका धेरै मुलुक शर्तक देखिन थालेका छन्, हाम्रो सर्बोच्च अदालतले पनि त्यतातिर नजर पु¥याइरहेको होला भन्ने ठानेको छु ।

कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराई, केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापा, केन्द्रिय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतको सहभागिता थियो ।

एमाले सहति नौ दलले आयोजना गरेको २२ गरेको बृहद जनप्रर्दशनमा १३ जिल्लाका जिल्ला कमिटी र ३ वटा विशेष जिल्ला कमिटी, सम्पर्क मञ्च, जनसंगठनहरु सबै प्रदर्शनको अन्तिम तयारीमा रहेको बताइएको छ । आज पनि उपत्यकाका विभिन्न ठाउँमा प्रचार कोणसभाहरु भइरहेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । जातीय भेषभुषा, बाजागाजासहित जुलुशमा लाखौंको सहभागिता रहने नेकपा एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ । प्रदर्शनको प्रचारको सन्दर्भमा भोली १० हजारभन्दा बढीको सहभागितामा मोटरसाईकल ¥याली आयोजना गरिएको एमालेले जनाएको छ ।

२० पुस २०७३

वि.सं.२०७३ पुस २० बुधवार १६:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...