back
NMB ad

स्थानीय निर्वाचन आशंकाको घेरामाः नेता नेपाल

Kumari bank ad

पर्वत । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशंका रहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताए ।

एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको बताए । संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमाले कुनै पनि हालतमा यसको पक्षमा नरहने बताए ।

संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती हो उनले भने, ‘संविधान कार्यान्वयन नभएमा विभिन्न शक्तिले टाउको उठाउन खोजेका छन् । यसलाई परास्त गर्न पनि राजनीतिक शक्तिहरुबीच एकताको खाँचो छ ।’

प्रकाशित मितिः २०७३ फागुन १४

वि.सं.२०७३ फागुन १४ शनिवार १५:२९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...