back
NMB ad

पैसा ठिक पार्नुहोस्,हाईड्रोको २ अर्ब ९४ करोड आईपिओ निष्काशन हुँदै

Kumari bank ad

काठमाडौ। मध्य भोटेकोशी जलविद्युत आयोजनाले २ करोड ९४ लाख कित्ता आईपीओ निष्काशनका लागि एक सम्झौता गरेको छ । कम्पनीले प्राथमिक सेयर (आइपीओ) जारी गर्न बिभिन्न ७ वटा क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । कम्पनीले ग्लोबल आइएमई क्यापीटललाई निष्काशन तथा बिक्री प्रवन्धक तथा प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटलाई सह निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो । सम्झौता अनुरुप ती कम्पनीहरुले संयुक्त रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् ।

madhye vhotekoshi

जस अनुसार ती कम्पनीहरुले मध्य भोटेकोशीको ४९ प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैयाँको दरले २ अर्ब ९४ करोड रुपैयाँको प्राथमिक सेयर जारी गर्नेछन् । सर्बसाधारण तथा अन्य क्षेत्रका लागि छुट्याइएको ४९ प्रतिशतमध्येमा पनि पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल जारी पूँजीको १९ शदमलव ५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बरावरकोे १ करोड १७ लाख किक्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको ३ दशमलव ५ प्रतिशतले अर्थात २१ लाख किक्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको १ प्रतिशत आर्थात ६ लाख सेयर जारी गर्ने छ ।

यसैगरी दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि कुल जारी पूँजीको १० प्रतिशत अर्थात ६० लाख किक्ता सेयर जारी गर्ने छ । कम्पनीले तेस्रो तरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि कूल जारी पूँजीको १५ प्रतिशतले हुन आउने ९० लाख कित्ता सेयर जारी गर्ने गरी सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नको लागि सम्झौता कम्पनीले गरेको हो ।

प्रकाशित मितिः २०७४ बैशाख २२

वि.सं.२०७४ वैशाख २२ शुक्रवार ११:४४ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...