back
NMB ad

पर्यटकीयस्थल ज्यामरुककोट ओझेलमा

Kumari bank ad

म्याग्दी । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विकस्थल सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ ।

सदरमुकाम बेनीबजारदेखि करिब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायत १५ वटाभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

ज्यामरुककोटको इतिहास १५ औँ शताब्दीको विरासतसँग जोडिएको छ । १५औँ शताब्दीको प्रारम्भसँगै थापाले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखको यसको ऐतिहासिक महत्वलाई स्पष्टसँग बुझाएका छन् ।

ज्यामरुककोटमा विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका र विसं १५४५ को भदौ महिनामा थापाको पुख्यौली थलो मानिएको ताकम डिम्वमल्लले कब्जा गरेपछि ज्यामरुककोट, पुलाचौर, कुहु र राखुका थापाराजाले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको इतिहासमा उल्लेख भएको बेनी नगरपालिका–२ ज्यामरुककोटका नवनिर्वाचित वडाअध्यक्ष हीराबहादुर थापाले बताए ।

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहीन रहेकाले सम्भावना हुँदाहुँदै पनि विकास हुन नसकेको बताउँदै बेनी नगरपालिका–२ ज्यामरुककोटका नवनिर्वाचित वडा अध्यक्ष थापाले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीयस्थलको विकास गर्ने रहेको बताए । “खबराको लम्बीहिललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने मेरो पहिलो प्राथमिकता हो,” थापाले भने “त्योसँगै ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको खड्ग भवानी कोतमा पनि पूर्वाधार विकास गरी पर्यटकीय क्षेत्र बनाउने पहल हुने छ ।”

करिब ५ रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाको ताम्रपत्रमा अङ्कित इतिहास, तोप, खुँडा, तरबारलगायतका हातहतियार, प्राचीन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।

कोटडाँडोसम्म मोटर बाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्नसक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवी एवम् खड्ग भवानी कोत संरक्षण एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए । त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ ।

“आग्र्यानिक खेती, ठूलाखोलाबाट ल्याइएको चिसो पानी, विभिन्न पक्षी, मह, भटमास, कालोदाल, स्थानीय जातका खसी, कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, वनढुकुर र वन कुखुरो, तरुल, भ्याकुर र सखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । विभिन्न जातजातिले आफ्नो जातीय पहिचानका झलक देखाउने, नृत्य प्रस्तुत गर्ने र सामाजिक सद्भावलाई कायम गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने गरेको राधाकृष्ण युवा क्लबका सल्लाहाकार कृष्णबहादुर कार्कीले बताए ।

ज्यामरुककोटको खड्ग भवानी कोतमा रहेका पुराना हातहतियारको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी, भाला, तरबार, ढाललगायतका औजारमा खिया लागेको छ भने कोट परिसर युवायुवतीको क्रिडास्थल र केही टाठाबाठाको व्यक्तिगत सम्पत्तिजस्तै बनेको स्थानीय बासिन्दा यामबहादुर कार्कीले बताए ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि चार किमीको दूरीमा रहेको भए पनि कसैले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहासिक स्थल गुमनाम रहेको अर्जन मावि भकुण्डेका प्रधानाध्यापक शिवकुमार खत्रीले बताए । रासस

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार ०९:०५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...