back
NMB ad

हिजो आज केपी ओलीलाई नसम्झी सुत्दैनन् मोदी !

Kumari bank ad

 हरिशरण न्यौपाने

काठमाडौ । नेकपा एमालेका नेता एवं पूर्व उद्योगमन्त्री महेस बस्नेतले आफुलाई महामहिम ठान्ने पुष्पकमल दाहाल प्रचण्ड ५० वटा सिम फेर्ने मोबाइल जस्तो भएको बताएका छन् । मुलुकलाई आत्मनिर्भर हुने दिशामा डोहोर्याए बापत केपी ओली सरकारलाई सजायँ दिएर देशलाई भड्खालोमा हाल्न प्रचण्ड लागेको उनको आरोप छ ।

प्रचण्ड ५० वटा सिम फेर्ने मोबाइल जस्तो…

मुलुकलाई आत्मनिर्भर हुने दिशामा लगेबापत केपी ओली सरकारलाई सजाय दिएर आफुलाई महामहिम् ठान्न पुष्पकमल दाहाल प्रचन्ड लागिरहेका छन् । उनी अहिले युवाले बोक्ने मोवाईल जस्तो देखिन्छन् । अलि बिगे्रका युवासँग नेपाल टेलिकम (एनटिसी) को सिम पनि हुन्छ, स्काइ पनि हुन्छ, एनसेल पनि हुन्छ । अब एनटिसी वालाले दुःख दियो भनेपछि त्यहाँ स्काई हालिदिन्छ, स्काईले दुःख दियो भने त्यहाँ एनसेल हालिदिन्छ । कमरेड प्रचण्डको आजको गतिबिधि भनेको त्यहि पचास वटा सिम फेर्न पर्ने मोवाईल जस्तो छ । बिहान एउटा सिम हुन्छ, खाना खाने बेला अर्कै सिम हुन्छ, दिउँसो अर्कै बेलुका अर्कै, कुन बेला फेर्न मल लाग्यो त्यतिबेला फेर्ने, त्यस्तै गतिविधि छ प्रचण्डको ।

श्रीमतीलाई सम्झलान्न/सम्झलान् केपी ओलीलाई नसम्झिकन मोदी जी सुत्न सक्नुहुन्न…

मैले भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जीले साँझ सुत्ने बेलामा श्रीमतीलाई सम्झनुहुन्छ कि हुँदैन मलाई थाहा छैन, तर केपी ओलीलाई एकचोटि नसम्झिकन मोदी जी सुत्न सक्नुहुन्न । त्यो ठाउँमा केपी ओली पुगे । र केपी ओलीले के भने आत्मा निर्भर अर्थतन्त्र र स्वावलम्बी अर्थतन्त्र नबनेसम्म हामी बिदेशका सामु दास बन्नुपर्छ, त्यसो भएकाले केपी ओलीले भने, युवाहरु हो यो तपार्इँको काँधमा छ अब आत्मनिर्भर र स्वाबलम्बी बन ।

सत्ताका लागि राष्ट्रियता बिरोधी सम्झौता गर्नुहुन्न…

हामीले सरकारका प्रधानमन्त्रीलाई के भन्यौैं भने, राष्ट्रियताको सामु जुन गौरव आज पहिलो पटक ईतिहासमा छ, सामाजिक सञ्जाल तपाईले हेर्नुभयो भने राजनीति प्रति बितृष्णा जागेका युवाहरुको समुह छ । पहिलो पटक आम जनताको स्वाभिमान, गौरव र अन्तराष्ट्रियस्तरमा हाम्रो शिर ठाडो भएको छ । सत्ताको लागि कुनै पनि सम्झौता गर्नु हुँदैन, राष्ट्रियतामा धोका दिनुहुँदैन, राष्ट्रियताको स्वाभिमान र सम्मान गर्दै हिम्मतका साथ अविस्वासको प्रस्ताव सामना गर्नुपर्छ, सरकारबाट ब्याक हुनुपरे पनि कुनैपनि गलत सम्झौता गर्नुहुँदैन भनेर हामीले पनि सुझाव दियौं र मलाई लाग्छ आज प्रधानमन्त्री त्यो हिम्मतका साथ त्यो आँटका साथ अविश्वासको प्रस्तावको सामना गर्दै हुनुहुन्छ ।

मैदानमा फैसला गरौं, केपी ओली ठिक कि प्रचण्ड या शेरबहादुर ठिक..

एक मागले जाडो जाँदैन । स्वार्थका फोहोरहरु बोकेका पार्टीहरु र साँसदहरुले केपी ओलीको बिरुद्ध पछि अविश्वासको मतमा बहुमत पनि पुग्ला । तर हिम्मत गरेर आज जनतालाई खुल्लामञ्चमा डाकेर हात उठाएर भन्ने हो भने केप ओलीको पक्षमा बहुमत पुग्ला कि प्रचण्ड र शेरबहादुरहरुको ? अबैधानिक र अपबित्र गठबन्धनको बीचमा बहुमत पुग्ला ? मलाई लाग्छ, जनताले हात उठाएर मतदान गर्न पाउने हो भने केपी ओलीको पक्षमा अत्याधिक बहुमत हुन्छ । र ती अरु साथीहरुको पक्षमा निकै झिनो मत हुन्छ । त्यसो भएर हिम्मत छ भने संविधान सभाको संविधान बनेपछि उहाँहरुको म्याद सकियो । हामीले संसदमा त्यसलाई परिणत गरिसक्यौं, प्रतिनिधि सभामा परिणत गरिसक्यौं अब हिम्मत छ भने नयाँ म्यान्डेटमा जानुपर्छ र मैदानमा फैसला गर्नुपर्छ । एमाले ठिक कि, कांगे्रस ठिक, एमाले ठिक कि माओवादी ठिक, केपी ओली ठिक कि प्रचन्ड ठिक, केपि ओली ठिक कि शेरबहादुर ठिक अरु बाँकि साथिहरुको त धेरै कुरा नगरौं ।

कांग्रेस धोका, भ्रष्टाचार र अनियमितताको आडमा उभिएको जात…

२०७० को निर्वाचनमा के भन्यौं भने, राष्ट्रियता कायम गर, सद्भावना कायम गर, संविधान निर्माण गर, अब हाम्रो सामु आएका समृद्धिमा अगाडि बढ, राजनीतिक हक अधिकार प्राप्तिका चरण एक ढंगले सकिएको छ, अब सुःख, शान्ति, समृद्धि, तर्फ मुलुक अगाडि जानुपर्छ । यो कुराको नेतृत्व एमाले कांगे्रसले गर, भनेर ७० को म्यान्डेट थियो । त्यो कुरालाई एमालेले आत्मसात गरेर ७ बुँदे सहमतीमार्फत स्व. सुशील कोईरालालाई हामीले प्रधानमन्त्री बनायौं । असंख्यक हाम्रा अपमानहरु सहेर बस्यौं । त्यो सरकारमा म पनि मन्त्री भएको हिसाबले मलाई धेरै थाहा छ । त्यस पछाडि संविधान बनिसके पछि संबिधान कार्यान्वयन र समितिको नेतृत्व केपी ओलीलाई दिने भन्ने कुरा गरियो ।
हिजो कांग्रेस भन्ने जात धोका, भ्रष्टचार, अनियमितता अनेक खालका शक्तिका आडमा उभिएको जात हुनाले यसले धोका दिईहाल्यो । त्यो म्याण्डेड उसले बिस्र्यो । पछि हामी बहुमतिय सरकार बनाउने ठाउँमा पुग्यौं । यिनीहरुलाई के लागेको थियो भने आहा ! गज्जवको काम गर्यो केपी ओलीले । भुकम्प र नाका बन्दीले डुब्यो केपी ओली, अब ताली बजाउन पाईन्छ भनेर साथीहरु बसेका थिए ।

केपी ओली बाहेकको प्रधानमन्त्री भएको भए भारतले नाकाबन्दी खोल्ने थिएन…

तीस लाखभन्दा बढि युवा बिदेशमा रहेछन्, ७ खर्ब भन्दा बढि रेमिट्यान्स आउँदो रहेछ । त्यहि रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिँदो रहेछ । त्यहि रेमिट्यान्स ८५ प्रतिशत हामीले के गर्दा रहेछौं भने नयाँ लुगा लगाउने, भोज भतेर गर्ने, जग्गा किन्ने, घर बनाउने, रक्सी खाने गरेर ८५ प्रतिशत रकम त्यसरि खर्च गर्ने रहेछौं । त्यो मध्यको सात खर्ब भन्दा बढि घाटा भारतसँग रहेछ । भारतसँग हामीले केही मागेका छैनौं । ग्यास लेउ भनेका छैनौं । इन्धन लेउ भनेका छैनौं । खानेकुरा लेउ भनेका छैनौं । सबै कुरा पैसा तिरेर ल्याउँछौं । तर उसले रोकिदिन्छ । उसकै बाउको बिर्ता जस्तो गर्छ । पैसा तिरेर खान्छु भन्दा रोक्छ । मागेको त होईन नि ! हाम्रो कल्चर त बिहान घरमा माग्न आयो भने दिन्छ एकमुठी चामल तर त्यति निर्दयी ढंगले रोकिदिन्छ । र एक महिना होईन, दुई महिना होईन, पाँच पाँच महिना नाका बन्दी ग¥यो । अनि केपी ओलीले के हिम्मत गरे भने जब भारतले मेरो जनतालाई नाका बन्दी लगाएर जुन दुख दिएका छौं । तिम्रो सलामी खान म आउन्न, जुन दिन नाका बन्दी रोकिन्छ, त्यहि दिन आउँछु । यदि सायद केपी ओली प्रधानमन्त्री थिएनन् भने भारतले यो अबस्थामा नाका बन्दी खोल्ने थिएन । कुनै गलत सम्झौता नगरिकन त्यो नाका बन्दी केपी ओलीले खोलिदिए ।

केपी ओली दक्षिण एसियाकै नेता…

केपी ओलीले भारतसँगको नाकाबन्दीको बिरुद्ध तीनवटा सौद्धान्तिक कुरा पास गरे । उनले के भने भने, अब नेपालको व्यापारको सम्बन्ध इन्डिया र कलकत्तासम्म मात्र होईन अब हाम्रो सम्बन्ध भनेको प्रशान्त महासागरसम्म पनि जोडिन्छ र जब केपी ओली चाईना गएर पारवहन सन्धी गरे । नेपालको मात्र होईन सिङगो दक्षिण एसियाकै सम्बन्ध प्रशान्त महासागरसम्म टच भएर उनले भने अब नेपालको झण्डा बोकेको डुङ्गा प्रशान्त महासागर र हिन्द महासागरमा गुड्छ भन्ने हिम्मत भएका नेता केपी ओली हुन् । र ओली नेपालका मात्र नेता होईनन् दक्षिण एसियाका नेता भए । बिबिसी, सिएनएनमा न्युज बनायो भारत र चाइनामा त कति न्यूज बन्यो कति !

(बस्नेतले यूनिट्राभ एयरपोर्ट इलाका कमिटीद्वारा आयोजित कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश)

३१ असार २०७३/४ः३०

वि.सं.२०७३ असार ३१ शुक्रवार १६:३३ मा प्रकाशित

You can share this post!

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...