Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017

साढे सात प्रतिशत सेयरको भाउ चार अर्ब ३८ करोड

March 14, 2017

money

मुम्बइ । महिन्द्रा एण्ड महिन्दा समूहले आफ्नो स्वामित्वको महिन्द्रा होलिडेज एण्ड रिसोर्ट इण्डियाको केही सेयर चार अर्ब ३८ करोड ९८ लाख नेपाली रुपैयाँमा बिक्री गरेको छ।

समूहले आफ्नो स्वामित्वमा रहेको साढे सात प्रतिशत सेयर बिक्री गरेको हो। समूहले नियामकलाई सुचना दिँदै सञ्चालक समितिको स्वीकृतिपछि सेयर बिक्री गरिएको बताएको छ। तर सेयर कसलाई बिक्री गरेको भन्ने खुलाएको छैन।

होटलको ६६ लाख ५८ हजार ५६५ कित्ता सेयर बिक्री गरिएको हो। प्रति सेयर ६५९.२८ नेपाली रुपैयाँका दरले बिक्री गरिएको हो। महिन्द्रा समूहसँग होटलको ७५ प्रतिशत सेयर थियो। बिक्रीपछि सेयर स्वामित्व ६७.५ प्रतिशतमा झरेको बिजिनेस स्ट्यान्डर्डले लेखेको छ।

१ चैत २०७३, बिजमाण्डु, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु