back
NMB ad

महोत्तरीमा सुरु भयो ओलको ब्यबसायिक खेती

Kumari bank ad

कहोत्तरी । तरकारी तथा चटनीमा प्रयोग हुने नगदेबाली कन्दमूलरुपी ओलको ब्यबसायिक खेती शुरु भएको छ । यसै क्षेत्रबाट निर्यातित बीउबाट ५० जिल्लामा ओलखेती पुगिसकेको छ ।

मिथिलाञ्चलमा मनाइने बिभिन्न पर्व त्योहार एवं भोजभतेरमा ओलको तरकारी एवं चटनी प्रयोग हुन्छ । महोत्तरीको भंगहास्थित ५० बिगहा खेतमा ओलको ब्यबसायिक खेती शुरु भएको हो । अधिकांश मिथिलावासीको घर छेउछाउ तथा बारीमा ओलको दुईचार झार भेटिनु समान्य हो । एउटा किसानले एक कठ्ठामा ओलखेती गर्दा बार्षिक ५० हजार आम्दानी गर्न सक्ने गढीमाई कृषि सहकारी संस्थाका कोषाध्यक्ष सत्यनारायण यादवले बताए । बोट खनेर छ महिनामै ओल निकाल्न सकिन्छ । ओलखेती गरिएको जग्गामा दोस्रो बालीको रुपमा यहाँका किसानले काउली खेती गर्छन ।

कृषि बिकास कार्यालयका प्राविधिक सहायक लाल कुमार साहले ओलखेती गर्ने किसानलाई बीउमा पचास प्रतिशत अनुदान दिने गरिएको बताए । उनले ब्यबसायिक ओलमा टर्रोपना नगन्य रहेको जानकारी दिए । मिथिलावासीले घर छेउछाउ र बारीमा लगाउने परम्परागत ओलको तरकारीमा टर्रोपना हटाउन कागतीको प्रयोग गर्नुपर्दछ ।

प्रति कठ्ठा पाँचसय बोट उमार्न सक्ने र त्यसबाट ७० क्विन्टलसम्म तरकारीयोग्य ओल उत्पादन गर्न सकिने हरदेव साहले बताए । बीउँका लागि जेठमै बोट खनेर ओल निकालिने गरिन्छ । तीन महिनामै ओल निकाल्दा त्यसको उत्पादनमा आधा कटौती हुने गर्दछ । ओलको बीउ बजारमा प्रति क्विन्टल चारदेखि छ हजारसम्ममा बिक्री हुने गर्दछ भने तरकारीको मूल्य बीउभन्दा आधा हुने गर्दछ । भंगहाका किसानहरुले ओलको बीउ ५० जिल्लासम्म पठाइसकिएको दाबी गरेका छन् ।Oul-Elephant-Foot-Yam-

कृषि बिकास कार्यालयमा कार्यरत सहजकर्ता झारीमाया गुरुङ्गले ओलको खेती बिस्तारै पहाडसम्म पुग्न थालेको जानकारी दिंदै यसमा माछामासुजत्तिकै पोषकतत्व हुने गरेको बताए । ओललाई अंग्रेजीमा एलिफ्यान्ट फुट याम भनिन्छ । यसमा कार्बोहाइडे«ट, विभिन्न खनिजपर्दाथ तथा भिटामिन ‘ए’ र ‘बी’ पाइन्छ ।Oul-Elephant-Foot-Yam

मिथिलाञ्चलमा मनाइने चौठीचाँद, जितियासहितका पर्वमा ओलको तरकारी र चटनी खानैपर्ने परम्परा छ भने अन्य पर्वहरुमा यसलाई फलको रुपमा अध्र्य दिने चलन छ । न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ साउन ८

वि.सं.२०७४ साउन ८ आइतवार १६:२१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...