काठमाडौ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको असोज २१ गते शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४ करोड रुपैयाँबाट बोनस र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । संस्थाको पाँचौ बार्षिक साधारण सभा मंसिर ९ गते हुने भएको छ ।
यसैगरी, बोनस सेयर दिइसकेपछि कायम हुने ६ करोड रुपैयाँ चुक्ता पुँजीबाट ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद जारी गरी चुक्ता पुँजी ९ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि आगामी साधारण सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
साधारण सभा गर्न महुलीले कात्तिक २६ देखि मंसिर ९ गतेसम्म बुक क्लोज गर्नेछ । यसआधारमा कात्तिक २५ गतेसम्ममात्र कायम सेयरधनीले महुलीको बोनस र नगद लाभांश हात पार्न सक्नेछन् ।
प्रकाशित मितिः२०७४ कार्तिक ९
वि.सं.२०७४ कात्तिक ९ बिहीवार ११:१४ मा प्रकाशित