back
NMB ad

ठूला ३ बैंकको लगानी रहेको हाईड्रोबाट ६.१ मेगावाट बिजुली थपिंदै,साथमा सर्वसाधारणलाई सेयर !

Kumari bank ad

इलाम । इलामको माई खोलामा निर्माण भएको ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत आयोजनाले वैशाखभित्र उत्पादन सुरु गर्ने भएको छ । माथिल्लो माईको क्यासकेडको रूपमा यो आयोजना निर्माण भएको हो । ‘ड्राइ टेस्ट (उपकरण)’ परीक्षण भएकाले यो महिनाभित्र बिजुली उत्पादन हुने पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सन्तोसकुमार प्रधानले जानकारी दिए ।

‘आयोजना सम्पन्न गरेर ‘ड्राइ टेष्ट’ गरेका छौं,’ उनले भने, ‘चाँडै ‘वेट टेष्ट’ गरेर उत्पादन सुरु गनेर्छौं ।’ उनका अनुसार ९० करोड रुपैयाँ लागतमा यो आयोजना साढे २ वर्षमा सम्पन्न भएको हो । आयोजनामा नबिल बैंकको अगुवाइमा एभरेष्ट, ग्लोबल आइएमई र नेपाल बैंकको लगानी छ ।

उत्पादन सुरु भएपछि स्थानीयका लागि छुट्ट्याइएको १० प्रतिशत सेयर निष्कासन गरिने प्रधानले जानकारी दिए । ‘उत्पान सुरु भएलगत्तै स्थानीयका लागि सेयर निष्काशन गर्दैछौं,’ उनले भने, ‘यसका लागि धितोपत्र बोर्डसँग स्वीकृति लिने तयारी भइरहेको छ ।’

सेयर निष्कासन गर्न एनसीएम मर्चेन्ट बैकिङ र नबिल इनभेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक तोकिएको छ । सेयरको बाँडफाँडपछि सर्वसाधारणका लागि निष्कासन गरिने उनले बताए । कम्पनीले यसअघि १२ मेगावाटको माथिल्लो माई निर्माण गरेको थियो । यसबाट गत असारबाट विद्युत उत्पादन गर्दै आएको छ ।

प्रकाशित मितिः २०७३ बैशाख ६

वि.सं.२०७४ वैशाख ६ बुधवार १०:३२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...