काठमाडौ। मैलुङ खोला जलबिद्युत कम्पनीको आइपीओले ग्रेड ४ पाएको छ । इक्रा नेपालले सो कम्पनीको आइपीओलाई ग्रेड ४ प्रदान गरेको हो । कम्पनीले ११ करोड ४ लाख ४३ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
इक्रा नेपाल लिमिटेडले औसत भन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । यसरी हेदा मैलुङ खोला जलबिद्युत आयोजनाको आधारहरु सामान्य रहेको इक्रा नेपालले जनाएको छ ।
प्रकाशित मितिः २०७३ फागुन ६
वि.सं.२०७३ फागुन ६ शुक्रवार १५:२५ मा प्रकाशित