back
NMB ad

रासायनिक मल अभाव,किसान चिन्तित

Kumari bank ad

सप्तरी । सप्तरीमा गहुँ खेतीका लागि डिएपी मलको अभाव भएको छ । मलको अभावका कारण जिल्लाका किसानलाई गहुँ खेती गर्न समस्या भएको छ । कृषि सामग्री संस्थान र साल्ट टे«डिङको गोदाममा उक्त मल मौज्दात नभएपछि वितरण गर्न नसकिएको कर्मचारीले बताएका छन् ।

साल्ट टे«डिङ शाखा कार्यालय सप्तरीमा डिएपी मलबाहेक युरिया र पोटास मौज्दात रहेको त्यहाँका प्रमुख ब्रह्मदेव ठाकुरले बताए । “हामीकहाँ गहुँको बीउ उपलब्ध छ, तर डिएपी मल मौज्दात छैन,” उनले भने ।

जिल्लामा २५ हजार हेक्टर जमिनमा गहुँ खेती हुने गरेकामा प्रतिहेक्टर ९० किलो डिएपी मल आवश्यक पर्ने कृषि विकास कार्यालयका प्रमुख भागीरथ यादवले बताए । अहिले दुई हजार २५० मेट्रिक टन डिएपी मल आवश्यक छ । गहुँको बीउमा सरकारीस्तरबाट अनुदानको व्यवस्था रहेको छ ।

“कृषि विकास मन्त्रालयले रु ४२ लाख अनुदान रकम आएको छ,” उनले भने । जिल्लामा २५ हजार हेक्टर जमिनमा वार्षिक ५० हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक १७

वि.सं.२०७४ कात्तिक १७ शुक्रवार १५:११ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...