back
NMB ad

मालेका एक्काइस केन्द्रीय सदस्य सहित १ सय कार्यकर्ता एमालेमा प्रवेश

Kumari bank ad

काठमाडौ । नेकपा .(माले) केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमालें) को केन्द्रीय कार्यालय धूम्बाराहीमा आयोजित कार्यक्रममा मालेका पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद्हरु अइन्द्रसुन्दर नेम्वाङ र गंगा चौधरी, पोलिटब्युरो सदस्यहरु पुण्य गौतम ‘विश्वास’, वीरेन्द्र थपलिया, रूपकबहादुर देउवा, नीलमणि बराल, हिक्मत देउवा तथा केन्द्रीय सदस्यहरु तथा नेताहरु रोहित केसी, इन्द्रकुमार झा र प्रेम दाहाललगायत एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै मालेका ३५ जिल्लाका पार्टी सचिव र जनसंगठनका नेता पनि प्रवेश गरेका छन् । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, स्थायी समितिका सदस्य सुवासचन्द्र नेम्वाङ र पोलिटब्युरो सदस्य विष्णु रिमाल लगायतले स्वागत गरे । अध्यक्ष ओलीले मालेका अध्यक्ष सिपी मैनालीसहित अन्य वामपन्थी दललाई समेत बाम गठबन्धनमा आबद्ध हुन आग्रह गरे । उनले भने, ‘अब फरक फरक र सानातिना पसल थाप्नु आवश्यक छै, एउटै र ठूलो पसल भए पुग्छ, पुरानो इञ्जिन बोकेर पनि कम्युनिष्ट आन्दोलन चल्दैन ।’

एमाले र नेकपा (माओवादी केन्द्र) ले चुनावी गठनबन्धन र एकताको पहलको घोषणा गरेपछि मालेका यति धेरै संख्याका नेता पहिलो पटक एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी नेता विश्वासका अनुसार मालेबाट कूल २७ जना केन्द्रीय सदस्यले एमालेमा आउने तयारीमा रहेकामा र छुटेका छ जनासहित अन्य नेता कार्यकर्ता चाँडै एमालेमा आउनेछन् । हाल मालेमा ५७ केन्द्रीय सदस्य छन् । विश्वासले मालेका महासचिव मैनालीलाई राष्ट्रवादी नेताका रुपमा सम्मान गर्दै वाम ध्रुवीकरणमा लाग्न पुनः आग्रह गरिने बताए ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक ३

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार ०९:१४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...