back
NMB ad

राजस्वमा छुट हुँदा महिलाको नाममा जग्गा पास गर्ने बढे

Kumari bank ad

फलेवास (पर्वत), १९ भदौ । राजस्वमा छुट गराउन महिलाको नाममा जग्गा पास गराउनेको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ ।

राजस्वमा छुट पाइने भएपछि गत आवमा झण्डै एक हजारले महिलाका नाममा जग्गा पास गराएको जिल्ला मालपोत कार्यलयले जनाएको छ ।
कार्यालयका अनुसार कुल तीन हजार ५२३ जग्गाको कारोबार भएकामा महिलाको नाममा मात्रै ९९९ जग्गा पास भएको छ ।

यस कार्यले महिलामा भूमिमाथिको अधिकार बढ्दै गएको मालपोत कार्यलयका प्रमुख सुरणकुमार पौडेलले बताउनुभयो । आफ्नो नाममा जग्गा पास गराउने महिलामध्ये ६०१ ग्रामीण क्षेत्रका तथा बाँकी ३९८ सहरी क्षेत्रका हुन् ।
सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा महिलाको सङ्ख्या बढी हुनु र पछिल्ला वर्षमा सरकारले महिला, दलित, सहिद परिवार, अपाङ्ग, वृद्धवृद्धा, उद्योगधन्दा, हाइड्रोपावर, चिया खेतीजस्ता शीर्षकमा महिलाको हक कायम गराउन दस्तुरमा छुट दिने गरेकाले महिलाका नाममा जग्गा पास गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको उहाँले बताउनुभयो ।

यसअघि महिलाका नाममा जग्गा पास गराउनेको संख्या न्यून थियो ।

सरकारले ग्रामीण क्षेत्रका महिलाले आफ्नो नाममा जग्गा पास गरे ३० प्रतिशत र सहरी क्षेत्रमा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । ९९९ महिलाका नाममा जग्गा रजिस्ट्रेसन पास गरेबापत सरकारले रु ५० लाख ४० हजार ८१२ छुट दिएको छ ।

वि.सं.२०७३ भदौ १९ आइतवार १२:३१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...