back
NMB ad

मनाङ, मुस्ताङ सहित उच्च हिमाली क्षेत्रको यात्रामा होस नपुर्याउँदा ज्यानै गुम्ने खतरा !

Kumari bank ad

काठमाडौ । यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पु¥याउनुहोस्, बिरामी पर्नुहोला । पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुनाहरु यातायतको सुबिधासँगै कम उचाईको क्षेत्रबाट मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा अर्थात् बढी उचाईको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले बिरामी परेका छन् । समयमै ध्यान पुर्याउन सकिएन भने यसले मृत्यु सम्म निम्त्याउँछ ।

यसै सम्बन्धी हिमालय उद्धार सङ्घ (एचआरए)ले सन् २०१६ मा लेक लागेका दुई हजार ७०० व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने झन्डै चार हजार जनालाई हाई अल्टिच्युडसम्बन्धी जनचेतना प्रदान गरेको छ । सङ्घले स्वदेशी तथा विदेशी पर्यटक एकैपटक कम उचाइ भएको स्थानबाट उच्च स्थानमा जाँदा लेक लाग्ने र बिरामी पर्ने गरेकाले स्वास्थ्य सेवा प्रदान गरेको हो ।

सङ्घका अध्यक्ष देवीबहादुर कोइरालाले पछिल्लो समय मनाङको खाङसारसम्म मोटरबाटो पुगेको र एकै दिनमा काठमाडौँदेखि मनाङसम्मको यात्रा गर्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक बिरामी हुने गरेको बताए । उनले भने, “दैनिक ५०० मिटर उचाइसम्म मात्र यात्रा गर्नुपर्छ तर एकहजार ४०० मिटर उचाइमा रहेको काठमाडौँदेखि तीन हजार ८०० मिटर उचाइमा रहेको मनाङको खाङसारसम्म पुग्दा अधिकांश स्वदेशी पर्यटक बिरामी भएका छन् ।”

धेरै मानिस बिरामी भएपछि सङ्घले मनाङमा होटल, रेस्टुराँ सञ्चालन गर्ने २२ जनालाई लेक लाग्दा कसरी मानिसलाई जोगाउने भन्नेबारेमा सोमबार तालिम प्रदान गरेको छ । सो तालिममा आन्तरिक पर्यटकलाई कसरी सुरक्षित गन्तव्यसम्म पु¥याउने भन्नेबारेमा सिकाइएको थियो ।

सङ्घले हाल मनाङ, एभरेस्ट बेसक्याम्प र सोलुखुम्बुको फेरुचेमा हाइ अल्टिच्युडबाट बिरामी भएका मानिसलाई सेवा प्रदान गरेको छ भने गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा स्वास्थ्यसेवा प्रदान गर्ने गरेको छ ।

यता मनाङ क्षेत्रमा सिजनका बेलालाई मध्यनजर गर्दै पर्यटकलाई भनेर पठाएको औषधी १४ दिनमै सकिएकाले सुरक्षित यात्रामा निस्कन सबैलाई अपिल गर्दै र हिमाली क्षेत्रमा यात्रा गर्दा होशियार भएर मात्र यात्रा गर्न भनेको छ ।

प्रकाशित मितिः २०७३ माघ १८

वि.सं.२०७३ माघ १८ मंगलवार १४:४४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...