back
NMB ad

हिमालपारीको जिल्ला मनाङ सडक तीन साता बन्द हुने

Kumari bank ad

लमजुङ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो ।

सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ । डिभिजन कार्यालयका अनुसार यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द गर्न अनुरोध गरिएको छ । ताघ्रिङको काप्रे भिरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्म मर्मत तथा स्तरोन्नति गरिने जिल्ला प्रशासनमा पठाइएको पत्रमा उल्लेख छ ।

सडक मर्मतका लागि सवारी आवागमन बन्द गर्न परिपत्र आएकाले सार्वजनिक सूचना जारी गरी सो अवधिमा सवारी आवागमन बन्द गरिने लमजुुङका प्रअिज मोहन जिसीले बताए । सो सडकखण्डमा अति जोखिममा रहेको काप्रेभिरमा पनि मर्मत तथा स्तरोन्नति गरिने डिभिजन कार्यालय, दमौलीले जनाएको छ ।

प्रकाशित मितिः २०७३ माघ ११

वि.सं.२०७३ माघ ११ मंगलवार १९:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...