back
NMB ad

बूढीगण्डकीमा भेल आएपछि मनास्लु पदमार्ग अबरुद्ध !

Kumari bank ad

गोरखा । बूढीगण्डकी नदीमा आएको भेलले मनास्लु पदमार्ग अन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन् । नदीको भेलले किनारका दुवैपट्टिको पर्खाल बगाएपछि काठको पुल पनि बगेको हो ।

भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा यारुबगरमा काठको अस्थायी पुल बनाएपछि सञ्चालन गरे पनि गत आज बिहान आइतबार आएको भेलले पुनः पुल बगाएपछि पदमार्ग अवरुद्ध भएको हो ।

यारुबगरमा पुल बगेपछि तीन घन्टा घुमेर असजिलो बाटो हुँदै स्थानीयवासी र पर्यटक जगत पुगे पनि खाद्यान्नलगायत सामग्री बोकेका खच्चडहरु आवागमन गर्न सकेका छैनन् ।

पुल बगाएको जानकारी जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयमा जानकारी गराए पनि कुनै काम नभएको स्थानीय वासीले बताएका छन् । यारुबगरस्थित बूढीगण्डकी नदीमाथि चारवटा काठे पुल बनाइएको थियो । तीमध्ये नदीमा पानीको सतह बढेकाले अरु पुल पनि बग्ने अवस्थामा पुगेको छ ।

१६ जेठ २०७३, १०.००

वि.सं.२०७३ जेठ १६ आइतवार ११:५८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...