back
NMB ad

‘फिल्म खेल्न पाएर खुशी छु’ म्यान्मार राजदुत

Kumari bank ad

काठमाडौं– नेपालका लागि म्यान्मारका राजदुत यु लिउन ऊ कार्यकाल सकिएर विदा भएका छन् । विदाई समारोहमा राजदुत लिउनले भुकम्पको कथामाथि बन्दै गरेको फिल्म ‘नीरफूल’ खेल्न पाएकोमा खुशी प्रकट गरे । संचारकर्मी फूलमान वलले निर्देशन गरेको फिल्ममा उनी अतिथि भुमिकामा छन् । यसअघि उनले म्यान्मारकै एउटा फिल्ममा पाइलटको भुमिका गरेका थिए ।

‘फिल्मले समाज र संस्कृतिलाई जोड्ने काम गर्छ’, राजदुत ऊले भने, ‘भुकम्पको पीडामाथि बन्दै गरेको अर्थपुर्ण फिल्ममा खेल्न पाउ“दा म खुशी छु । यसले दुई देशको नागरिकलाई फरक ढंग जोडिदिने छ भन्ने मेरो विश्वास छ ।’ नेपाल–म्यान्मार फ्रेण्डसिप काउन्सिलले राजतुत ऊको विदाईमा राजधानीमा हालै एक समारोह आयोजना गरेको थियो । समारोहमा काउन्सिलका अध्यक्ष शंकर घिमिरेले राजदुत ऊको कार्यकालमा नेपालमा सम्पन्न विभिन्न परियोजनाहरुबारे प्रकाश पारेका थिए ।

अध्यक्ष घिमिरेले राजदुत लिउनको कार्यकालमा नेपालका भुकम्प पीडित विभिन्न जिल्लाहरुमा म्यान्मारको तर्फबाट सहयोग हस्तान्तरण गरिएको, काभ्रेको बालुवापाटी ढा“डागाउ“मा सामुदायिक सेलोघर निर्माण भएको, नेपाल र म्यान्मारबिच सीधा हवाई उडान शुरुवात भएको र हरेक बर्ष काठमाडौंमा म्यान्मारको वाटर फेस्टिभल ‘तिङ यान’ सम्पन्न गरिएको बताए ।

त्यस्तै नेपालको पर्यटन प्रबद्र्धनमा सघाउने गरि पहिलोपटक म्यान्मारको युवा टोलीले सगरमाथाको सफल आरोहण गरेको समेत अध्यक्ष घिमिरेले बताए । ‘यसपटक दुई देशको हितमा निकै अर्थपुर्ण सामाजिक–सांस्कृतिक गतिबिधि भए’ घिमिरेले भने, ‘यसले दुई देशको सम्बन्धलाई थप बलियो बनाउने छ ।’

राजदुत ऊले म्यान्मार फर्केर पनि आफू दुई देशको सामाजिक–सांस्कृतिक सम्बन्ध मजबुत बनाउन कार्यमा क्रियाशील हुने बताए । उनको स्थानमा नेपालका लागि म्यान्मारको नया“ राजदुत यु जा मिन्टले जिम्मेवारी सम्हालेका छन् ।

वि.सं.२०७४ मंसिर ४ सोमवार २३:१९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...