Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017

माओवादीको आक्रमणमा ११ अर्धसैनिकको मृत्यु !

March 12, 2017

maoobadi gun

माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार कम्तीमा ११ जना अर्धसैनिकको मृत्यु भएको छ । छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा परी अन्य तीन जना घाइते भएको उच्च प्रहरी अधिकारी आर के भिजले जानकारी दिए ।

विद्रोहीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बल माथि आक्रमण भएको थियो । झण्डै सय जना अर्धसैनिकहरु सडक खुलाउन त्यस तर्फ जाँदै गरेको प्रेस ट्रष्ट अफ ईन्डीयाले जनाएको छ ।
भारतको पूर्वी तथा मध्यभागमा चीनका नेता माओ जेडोङ्गबाट प्रेरित माओवादी विद्रोहीहरु झण्डै तीन दशक देखि लड्दै आएका छन ।

किसान र गरिबलाई धेरै भन्दा धेरै सम्पत्ति र जागिर दिलाउन भन्दै उनीहरुले विद्रोह गरेको बताएका छन । भारत सरकारले यो विद्रोहलाई भारतको सवै भन्दा ठुलो सुरक्षा चुनौतीको रुपमा लिएको छ । रासस÷एपी

प्रकाशित मितिः २०७३ फागुन २९

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु