काठमाण्डौं । फेसबुक कम्पनीको बोर्डले कम्पनीमा संस्थापक तथा सिइओ मार्क जुकरबर्गको अधिकार र प्रभावमा कटौती गर्ने प्रस्ताव गरेको छ । जुकरबर्गले भविष्यमा कम्पनीको व्यवस्थापनबाट आफू बाहिरिने संकेत गरेकै समयमा फेसबुक बोर्डले जुकरबर्गको कम्पनीमा रहेको अधिकांस भोटिंग अधिकारलाई कटौती गरेर उनको प्रभाव कम गर्ने प्रस्ताव गरेको हो ।
अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा फेसबुकले पेश गरेको एक कागजातमा यस्तो खुलासा गरिएको छ । उक्त फाइलमा फेसबुक बोर्डले भनेको छ की जुकरबर्ग नेतृत्व तहमा नरहने भएमा आगामी दिनमा फेसबुक बोर्डले जुकरबर्गका बि क्लासका शेयरलाई ए क्लासमा परिवर्तन गर्नका लागि शेयरधनीहरुलाई मतदान गर्न लगाइनेछ । गत अप्रिलमा पहिलोपटक यस्तो प्रस्ताव अघि सारिएको हो ।
यहीँ जुन २ सम्मको तथ्यांकका आधारमा जुकरबर्गको स्वामित्वमा फेसबुकमा ४० लाख ए क्लासका शेयर तथा ४१ करोड ९० लाख बी क्लासका शेयर छन् । यस आधारमा जुकरगर्बसँग कम्पनीको ५३८ प्रतिशत भोटिंग अधिकारका साथै १४.८ प्रतिशत आर्थिक अधिकार छ ।
आगामी जुन २० मा हुने फेसबुकको वाषिर्क साधारण सभामा यो प्रस्तावमाथि मतदान गराइने सम्भावना रहेको छ । उक्त मतदालने फेसबुकको भावी नेतृत्व तथा व्यवस्थापनको रुपरेखा तयार गर्नेछ ।
प्रकाशितः २०७३ जेठ २२
वि.सं.२०७३ जेठ २२ शनिवार १३:२७ मा प्रकाशित