back
NMB ad

नम्बरी जग्गा दाइजो नपाउँदा बिहे भाँडियो

Kumari bank ad

पर्सा ।  पर्साको लखनपुर ४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन ३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते विवाह गर्ने तय भएको थियो ।

विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेका थिए। जन्तिका लागि बेहुलीको घरमा खानाका परिकार पनि पाकिसकेका थिए। तर राती अबेरसम्म कुर्दा न जन्ती आए न बेहुला नै । दाइजोमा जग्गा नपाएको भन्दै बेहुला जन्ती लिएर नगएका हुन्।

बेहुली पक्षले बेहुला पक्षलाइ दाइजोमा नगद ५० हजार रुपैया र नम्बरी तीन कठ्ठा जग्गा दिने शर्तमा सुनिता र हरिशंकरको विहे बैशाख १७ गते हुने तय भएको थियो।

दाइजोमा कबुल गरिएको अनुसार बेहुली सुनिताका बुबा मथुराले बेहुला हरिशंकरका बुबा गणेशलाइ नगद ५० हजार रुपैया बिवाह तय गरिएको मिति भन्दा एक हप्ता पहिले नै बुझाइसकेका थिए। तर नम्बरी जग्गा खेत बैंकमा धितो राखिएका कारण मथुराले आफनो नाममा मोही रहेको पाँच कठ्ठा १० धुर जग्गा दाइजोमा दिने प्रस्ताव राखेपछि बेहुला पक्षले अस्विकार गरेको थियो।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ जेठ ४

वि.सं.२०७३ जेठ ४ मंगलवार १०:०६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...