back
NMB ad

दैनिक २० करोडको मासु खान्छन् राजधानीबासी

Kumari bank ad

काठमाण्डौं । राजधानीमा दैनिक २० करोडको मासु खपत हुने गरेको छ। खसीबोका, कुखुरा, बंगुर, राँगाभैँसी र माछा गरेर दैनिक करिब ६ लाख २३ हजार केजी खपत हुने गरेको छ।

यसरी खपत हुने मासुको मूल्य १९ करोड ७६ लाख पर्दछ। नेपाल माछामासु व्यवसायी संघको तथ्याङ्कअनुसार उपत्यकामा सबैभन्दा धेरै कुखुराको मासु खपत हुने गर्दछ। कुखुराको मासुमा नेपाल आत्मनिर्भर रहेको संघले जनाएको छ।

कुखुराबाहेक, राँगाभैँसी, बंगुर, खसीबोका र माछाको उच्च खपत हुने गर्दछ। यी बाहेक काठमाडौंमा हाँंस, टर्की, परेवा, बट्टाइ, भेँडा, च्याङ्ग्रा आदीको मासु पनि उपभोग गरिन्छ। तर यसको परिणाम अन्यको तुलनामा न्यून छ। यी सबै प्रजातिको मासुको हिसाव गर्दा दैनिक २० करोडभन्दा बढी रकमको मासु काठमाडौंमा खपत हुन्छ।

खपत हुने कुल मासुको वार्षिक परिमाणलाई जनसंख्याले भाग लगाउँदा राजधानीमा बस्ने एक जना व्यक्तिले माछाबाहेक वार्षिक ५३ केजी मासु खाने गरेको देखिन्छ। काठमाडौंबासीले अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी मासु खाँदा समग्र नेपालीलाई भने न्यूनतम पनि पुगेको छैन।

पशु उत्पादन निर्देशनालय हरिहर भवन ललितपुरका सूचना अधिकारी डा. तेज बहादुर रिमालका अनुसार एकजना व्यक्तिलाई वार्षिक १४ केजी मासु खानुपर्ने हुन्छ। २० केजीभन्दा बढी मासुको परिमाण अधिक हुन्छ।

काठमाडौं बस्नेले अत्याधिक मासु उपभोग गर्दा नेपालीले भने १२ केजी खाने गरेको देखिन्छ। ‘एक जनाले वार्षिक १४ केजी मासु खानु पर्ने अन्तर्राष्ट्रिय स्वास्थ्य सम्वद्ध मापदण्ड रहँदा नेपालीको भागमा जम्मा १२ किलो पर्ने गरेको छ’ डा। रिमालले सेतोपाटीलाई भने।

गरिबीका कारणले मासुको उपभोग नेपालमा निकै असन्तुलित बनेको सम्वद्ध विज्ञहरुको भनाई छ। कसैले आवश्यकभन्दा बढी खाने त कसैलाई न्यूनतम पनि खान नपुग्ने गरेको पुष्टि यहीँ तथ्याङ्कले गर्दछ।

यसलाई सन्तुलित बनाउन नेपाल सरकारले पशु उत्पादन, पशु बजारीकरण, पशुको नस्ल सुधार, पशु स्वास्थ्य आदीमा विशेष कार्यक्रम शुरु गरेको डा रिमालले बताए। यस्ता कार्यक्रमले नेपाल मासुमा आत्मनिर्भर बन्न ठूलो भुमिका खेल्ने रिमालले बताए ।

देशभरमै उपभोग गरिने धेरै जसो माछा–मासु भारतबाट आयातित हुन्। खसीबोका मागको ८० प्रतिशत, राँगाभैँसी ९५ प्रतिशत र माछा ५० प्रतिशत भारतबाट आउने गरेको नेपाल माछामासु व्यवसायी संघले जनाएको छ।

सरकारले देशलाई मासुमा आत्मनिर्भर बनाउने भनी रहँदा ठूलो परिमाणमा हुने आयात भने घटेको छैन। संघका महासचिव चैत्यप्रसाद शाहीले विदेशिएका युवालाई नेपाल फर्काइ आधुनिक पशुपालनमा मात्र लगाउन सक्ने हो भने नेपाल मासुमा आत्म निर्भर बन्ने दावी गरे। साथै यसले नेपालबाट बाहिरिने वर्सेनि अरबौँ रकम जोगिने उनले बताए।

बिहे, भोज–भतेर, परिवारिक जमघट आदीमा मासुजन्य परिकार अहिले अपरिहार्य जस्तै बनेको छ। त्यस्ता कार्यक्रममा खाइने मासुको परिमाण अत्याधिक हुने गर्दछ। त्यस्तै मम, छोइला, सुकुटी, कचिला, तास, सेकुवा आदीको रुपमा पनि मासुको खपत हुने गर्दछ।

राजधानीवासीले मासुको लागि केमा कति पैसा तिर्छन्
कुखुरा
उपत्यकामा सबैभन्दा बढी खपत हुने कुखुराको मासु हो। राजधानीमा दैनिक करिब ३ लाख ५० हजार किलो कुखुराको मासु खपत हुन्छ। जसको बजार मुल्य प्रतिकिलो २४० रुपैयाँले हिसाव गर्दा ८ करोड ४० लाख पर्दछ। नेपाल अहिले कुखुराको मासुमा पूर्ण रुपमा अत्मनिर्भर बनेको नेपाल माछा मासु व्यवसायी संघका महासचिव चैत्य प्रसाद शाहीले जानकारी दिए।

राँगा–भैँसी
कुखुरापछि राँगा भैँसीको मासु राजधानीमा बढी खपत हुने गर्दछ। काठमाडौं मुलबासी नेवार समुदायमा राँगाको मासु बढी महत्व हुने भएकाले यसको खपत धेरै भएको जानकारहरु बताउँछन्।

काठमाडौंमा दैनिक ९ सय राँगाभैँसी काटिन्छन्। एउटा राँगाको सरदर २ सय किलो खानयोग्य मासुको हिसाब गर्दा दैनिक करिब १ लाख ८० हजार किलो मासु खपत हुने देखिन्छ। यो परिमाणमा प्रतिकेजी ३ सय ८० को दरले हिसाब गर्दा दैनिक ६ करोड ८४ लाखको मासु खपत हुने देखिन्छ।

नेपालमा उपभोग हुने ९५ प्रतिशत राँगाभैँसी भारतबाट आयात हुने गरेको महासचिव चैत्य प्रसाद शाहिले बताए।

खसी–बोका
काठमाडौंमा दैनिक एक हजार खसी–बोका मासुको लागि प्रयोग गरिन्छ। एउटा खसीको औसत १८ किलो खान योग्य मासुले हिसाब गर्दा यहाँ दैनिक १८ हजार किलो मासु उपभोग हुने गरेको छ।

बजारमा चलेको भाउ प्रतिकेजी ९ सयको दरले हिसाब गर्दा राजधानीबासीले दैनिक १ करोड ६२ लाखको खसी–बोकाको मासु उपभोग गर्छन्। राजधानीमा भित्रिने खसीबोकामध्ये ८० प्रतिशत भारतीय रहेको संघले जनाएको छ।

बंगुर
विषेशत मंगोल समुदायमा बंगुरको मासु बढी प्रयोग हुने गर्दछ। काठमाडौंमा दैनिक ४ सय देखि ५ सयसम्म बंगुर काटिन्छन्। जसको मासु करिब ४० हजार केजी हुने महासचिव शाहीले जानकारी दिए। जस अनुसार ३ सय ५० रुपैयाँ प्रति केजीको दरले हिसाब गर्दा दैनिक १ करोड ४० लाखको मासु उपभोग हुन्छ। नेपालमा हुने मागको सबै उत्पादन स्वदेशले नै धानेको छ।

माछा
माछालाई सबै समुदायले प्राथमिकता दिने गरेका छन्। नेपालमा उपभोग हुने माछामध्ये करिब ५० प्रतिशत भारतबाट आयातित हुन्छ। राजधानीमा दैनिक करिव ३५ हजार केजी माछा उपभोग हुने गर्दछ। माछाको मूल्य तिनका प्रजातिअनुसार फरक पर्छ। माछाको औसत मूल्य ३ सय राख्दा राजधानीमा मात्र दैनिक १ करोड ५० लाख रुपैयाँको मासु खपत हुन्छ।

२२ पुस २०७३, सेतोपाटी, ११।००

वि.सं.२०७३ पुस २२ शुक्रवार ११:२० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...