शब्द : सोम शर्मा बजगाईं / तस्बिर : रामेश्वर कार्की
इलाम | प्राकृतिक सुन्दरताभित्र फन्को मार्नका लागि हामीसँग अनगिन्ति गन्तव्यहरु छन् । यस्ता आकर्षक र धार्मिक महत्वका गन्तव्यको प्रवद्र्धन गर्नका लागि नेपाल र भारतका केही पत्रकार एवम् पर्यटन व्यबसायीहरुको टोलीले मेची पहाडी क्षेत्रका पर्यटकिय गन्तव्यको भ्रमण ग¥यो । यसको व्यवस्थापन जिम्मा लिएको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले आन्तरिक तथा बाह्य पर्यटकहरुले रुचाउने र चासो राख्ने मनमोहक, आकर्षक एवम् धार्मिक महत्वका केही क्षेत्रसँग साइनो जोड्ने जमर्को गरायो ।
पूर्व मेचीको हरित सहर इलामदेखी धार्मिक आस्थाको केन्द्र ताप्लेजुङसम्म पुगेपछि वास्तविक नेपालको चित्र देख्न र बुझ्न सकिन्छ । अथाह प्राकृतिक, धार्मिक र सांस्कृतिक स्वरुप ग्रहण गरेका यी क्षेत्रमा बार्षिक सात लाखभन्दा बढि आन्तरिक पर्यटकको आगमन हुने गरेता पनि अझै बाह्य पर्यटकको आगमनको प्रतिक्षामा छ मेची पहाडी क्षेत्र ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगतको मेची पहाडी पर्यटन विकास समिति इलाम, पाँचथर र ताप्लेजुङ्गको पर्यटकिय विकासका लागि भौतिक संरचनालगायतका पूर्वाधार विकासका लागि कार्यरत रहेको छ । बार्षिक ४ करोड रुपैयाँ मेची पहाडी क्षेत्रको विकासका लागि खर्च गरेर यस क्षेत्रको पर्यटन प्रबद्र्धन गरिरहेको समितिका अध्यक्ष रणबहादुर खड्काले बताए ।
भ्रमणका क्रममा आयोजना गरेको अन्तरक्रियामा पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरे, टानका कार्यसमिति सदस्य संगम शेर्पा, मेची पहाडी समितिका कार्यकारी निर्देशक केशव द्यौराली, पर्यटन व्यवसायी कुमार थापा, कृष्णहरि खत्री, दोलखा पर्यटन उद्योग संघका अध्यक्ष वैकुण्ठ श्रेष्ठ लगायतले मेची पहाडी क्षेत्रका जिल्लाको पर्यटकीय विकासका लागि कार्ययोजना र प्याकेज निर्माण गरेर स्थानीय स्तरबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।
चियाका लागि प्रसिद्ध इलाम, उत्पादनका लागि परिचित पाँचथर र धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेको ताप्लेजुङ पुगेपछि यहाँ पुग्ने जो कोहीले आफुलाई गौरवको महशुस गर्दछ ।
‘इलाम’ नेपालको हिरा
‘इलाम नकुँदिएको हिरा हो, यसलाई कुद्न शिल्पी शिप र जाँगरको खाँचो छ ।’ – युद्ध प्रसाद बैद्य, प्राचार्य
‘हरियो, भरियो इलामलाई देख्दा मलाई नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो ।’ – कवि भूपि शेरचन
इलाम पुग्दा नरमाउने मन कस्को होला र ? त्यही भएर पनि कवि भूपि शेरचनले नेपालको रुप नै इलाम जस्तो देख्न चाहेका थिए । इलाम र चिया पर्याय हुन् । एक सय ५१ बर्षअघिदेखी शुरु भएको चिया उत्पादनले आजसमम्म इलामको परिचयलाई जिबन्त बनाएको छ ।
चिया र हरियालीको स्वरुप नै इलाम हो भन्ने आम मानिसको बुझाई छ । चिया उत्पादनका दृष्टिकोणले मात्रै बुझ्दा इलामलाई अन्याय हुन्छ । यो जिल्ला आफैमा पर्यटकिय गन्तव्य हो । चिया बाहेक अलैची, अम्रिसो, आलु, अदुवा, किविको लागि उर्वर भूमि हो इलाम ।
काठमाडौंबाट सिन्धुलीको बाटो हुँदै ५ सय ७२ किलिमिटरको दुरी तय गरेपछि सदरमुकाम इलाम पुग्न सकिन्छ ।
यहाँ प्राकृतिक सुन्दरताका साथ सुर्याेदय र सुर्यास्तको मज्जा लिन सकिन्छ । सिंहलीला राष्ट्रिय पार्क, माइपोखरी, कन्याम, फिक्कल, चिज फ्याक्ट्री, अर्गानिक चिया बगैचा, चिया फ्याक्ट्री घुम्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु इलाम आउने गर्दछन् । यहाँको भ्यू टावरमा बसेर पुरै इलामलाई नियाल्न सकिन्छ । पर्यटकको इच्छा र चाहना बमोजिम बिभिन्न टुर प्याकेट तयार पारिएको छ । बस्नका लागि सस्ता र राम्रा होटलको व्यबस्था गरिएको छ ।
इलामका मुख्य स्थानहरु
फिक्कलको श्रीअन्तु – सुर्योदय र सुर्यास्त (प्राकृतिक सुन्दरता)
कन्याम – चिया बगान
माइपोखरी – जडिबुटी, ऐतिहासिक पुराना रुखहरु र पंक्षीहरुको आश्रयस्थल, पाथिभरा माताको मन्दिर (पाथिभरा गएपछि दर्शन गर्नै पर्ने मन्दिर)
सन्दकपुर – होम स्टे
तुम्लिङ्ग – सिंहलीला राष्ट्रिय पार्क, धोत्रे गाउँ
कृषि पर्यटनको केन्द्र पाँचथर
काठमाडौंबाट ६ सय ३७ किलिमिटर र इलामबाट ६५ किलोमिटरको दुरी पार गरेपछि आउँछ नेपालको कृषि पर्यटनको रुपमा स्थापित हुँदै गएको पाँचथरको सदरमुकाम फिदिम ।
कृषिको उर्वर भूमिका रुपमा परिचित पाँचथरले एग्रो टुरीजमको अवधारणालाई अगाडि बढाएको छ । कालो सुनका रुपमा परिचित अलैची यहाँको प्रमुख उत्पादनका रुपमा रहेको छ भने अदुवा, अम्रिसो, लोक्ता, सुन्तला, फुल, स्याउ, तिते माछा, चिराइतो, पाँचऔलेले पाँचथरको एग्रो टुरिजमको विकासका लागि भूमिका खेलेको छ ।
पौवाभन्याङ्ग, सिलौटी, सुकेपोखरी, लब्रेकुटी, जोरसाल बजार, छ्याङ्गथापु, टिम्बुङ्ग पोखरी, जोर पोखरी, पाँचथरका प्रमुख पर्यटकिय गन्तव्य हुन् । सदरमुकाममा होटलको राम्रो व्यबस्था भएपनि अन्य क्षेत्रहरुको अवलोकनपछि भने बास बस्नका लागि सदरमुकाम नै फर्कनुपर्ने अवस्था रहेको छ ।
पाँचथरका मुख्य स्थानहरु
फिदिम– सदरमुकाम तथा शिवालय
जोरसाल बजार – ऐतिहासिक स्थल
हिलेहाङ्ग दरवार – हिलेहाङ्ग राजाको ऐतिहासिक दरवार
यासोक– सिद्धबाबा मन्दिर
सुकेपोखरी – हिमालयन अवलोकन स्थल
सिलौटी डाँडा– फाल्गुनन्दको समाधिस्थल, हिमालयन अवलोकनको अग्लो डाँडा
कञ्चनजड्डाको छातिमा धार्मिक आस्थाको केन्द्र ताप्लेजुङ
तेस्रो उच्च हिमश्रृंखला कञ्चनजंङ्गा हेर्न र जिवित देवीका रुपमा परिचित प्रसिद्ध पाथिभरा माताको दर्शन गर्नका लागि पर्यटकहरु यहाँ आउने गर्दछन् । बिभिन्न भाषा, संस्कृति र परम्पराको जिल्ला पनि हो ताप्लेजुङ्ग ।
यहाँको लिम्बुहरुको धान नाच, च्याप्रुङ्ग नाच, गुरुङ्ग नाच, तामाङ्ग सेलो, सेर्पा संस्कृतिले पर्यटकलाई लोभ्याउछ । कालो सुनका रुपमा परिचित अलैची उत्पादनको केन्द्र पनि हो यो जिल्ला । नेपालकै अग्लो झरना फुङ्गफुङ्गे पनि यहिँ रहेको छ । काठमाडौंबाट बिपी राजमार्ग हुँदैं ७ सय १५ किलिमिटरको दुरी तय गरेपछि ताप्लेजुङ्ग बजार पुग्न सकिन्छ ।
अर्को दिन पाथिभरामाताको दर्शनका लागि काफ्ले पार्टीबाट पदमार्ग हुदैं जानुपर्छ । पुषदेखि फागुनसम्म हिउँ पर्ने भएकाले यहाँ बिशेषगरी असोजदेखी मंसिरसम्म र चैत्र–बैशाखमा अत्यधिक पर्यटकहरु आउने गर्दछन् । ताप्लेजुङ्ग बजारबाट देउरालीसम्म मोटरमा गएपछि तल्लो पार्टी (काफ्ले पार्टी) बाट ३ किलिमिटरको ठाडो बाटो (मानिसको हिडाइअनुसार ३ देखी ४ घण्टा) को यात्रापछि पुग्न सकिन्छ माताको मन्दिर । यो स्थानबाट कञ्चनजंङ्गा र कुम्भकर्ण हिमाललाई नजिकबाट आँखामा कैद गर्न सकिन्छ ।
१४ असार २०७३, १.००
वि.सं.२०७३ असार १५ बुधवार १४:३८ मा प्रकाशित