back
NMB ad

तीन जिल्लाको पर्यटनमा दुई करोड ७४ लाख

Kumari bank ad

इलाम, २८ असोज । इलामसहित पूर्वी पहाडी जिल्लाको पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु दुई करोड ७४ लाख रकम विनियोजन गरेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलाममार्फत कार्यान्वयन हुने गरी नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो बजेट विनियोजन गरेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए ।

इलामका लागि रु एक करोड ६२ लाख, पाँचथरमा रु ४० लाख र ताप्लेजुङमा रु ७२ लाख विनियोजन भएको समितिले जनाएको छ ।

इलामको श्रीअन्तु पर्यटकीय पूर्वाधार विकासमा रु १० लाख, पशुपतिनगरमा स्थापना भएको सूचना केन्द्रको घेराबारा र फर्निसिङमा रु पाँच लाख, रत्न सुरूङ संरक्षण तथा चित्रे पार्क निर्माणमा रु आठ लाख, सिद्धिथुम्कामा किराँतेश्वर शिव मन्दिरलगायत अन्य पर्यटकीय पूर्वाधारमा रु १५ लाख रकम विनियोजन गरेको छ ।

माङ्मालुङ क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास र छिन्टापु पर्यटन पूर्वाधार विमासमा आठ/आठ लाख, महमाइको मैनाचुली पर्यटन विकासमा रु पाँच लाख, फुएतप्पामा पोखरी निर्माणका लागि रु पाँच लाख, सन्दकपुर पर्यटन पूर्वाधार विकास तथा ‘भ्यू पोइन्ट’ निर्माण, कन्याममा पर्यटकीय पूर्वाधार विकास तथा सौन्दिर्यीकरणमा रु १०/१० लाख, सुखानी क्षेत्र पर्यटन पूर्वाधारमा रु पाँच लाख, पशुपतिनगरमा बौद्यधामको नाङ्वा साङ्वे गुम्बालाई रु पाँच लाख, बौद्धधाममा बुद्धको मूर्ति तथा बौद्धपार्कका लागि रु १० लाख रकम छुट्याइएको छ ।

पर्याप्त सम्भावना भए पनि पूर्वाधार विकासमा बजेट अभाव भएकाले पूर्वी पहाडको पर्यटन क्षेत्र पछि परेको सरोकारवाला बताउँछन् ।

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:३५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...