back
NMB ad

राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान (सूचिसहित)

Kumari bank ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २५८ जनालाई विभूषण प्रदान गरेकी हुन् ।

नेपाल रत्न विभूषण नेकपा(एमाले)का तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति भण्डारीले प्रदान गरिन् ।

त्यसैगरी, राष्ट्र गौरव विभूषण पुर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण स्वर्गीय कोइरालाका बुहारी किरण कोइरालालाई राष्ट्रपति भण्डारीले प्रदान गरेकी हुन् ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री (मरणोपरान्त) सूर्यबहादुर थापा, पोष्टबहादुर बोगटी (मरणोपरान्त), ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, सर्वोच्च अदालतका पूर्वन्यायाधीश वैधनाथ उपाध्याय, प्रधानसेनापति रवीन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदीलाई राष्ट्रपति भण्डारीले विभिन्न नामका विभूषण प्रदान गरिन् ।

त्यसैगरी, गृहमन्त्रालयका सचिव लोकमर्दन रेग्मी, पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना, अच्युत विष्टलाई पनि विभूषण प्रदान गरिएको थियो ।

सो विभूषणबाट वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रपति कार्यालयमा प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, मुटुरोग विशेषज्ञ डा अरुण सायमी, पत्रकार सागर पण्डित, मोहन मानन्धर, गौतम श्रेष्ठ, दीपेन्द्र वान्तवालगायतलाई राष्ट्रपति भण्डारीले विभूषण प्रदान गरेकी थिइन् ।

सो समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, समाभुख ओनसरी घर्तीमगर, मन्त्रीहरु, न्यायाधीश, सुरक्षा निकायका प्रमुखहरु, राष्ट्र सेवक कर्मचारीको उपस्थिति रहेको थियो ।

medal handover by president 111

medal handover by president 8

medal handover by president 5

medal handover by president 4

medal handover by president 3

medal handover by president 2

medal handover by president  11

medal handover by president  10

medal handover by president  9

medal handover by president  7

medal handover by president  6

तस्बिरहरु : रासस
१२ जेठ २०७४

वि.सं.२०७४ जेठ १२ शुक्रवार २०:०५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...