back
NMB ad

सनराइज बैंकले ७४ प्रतिशत र मेगा बैंकले २० प्रतिशत नाफा बढायो

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले नाफा साढे ७४ प्रतिशतले बढाएर ५८ करोड ८१ लाख रुपैयाँ पुर्‍याएको छ । मेगा बैंकले पनि करिव २१ प्रतिशतले नाफा बढाउँदै ३२ करोड २८ लाख रुपैयाँ पुर्‍याएको छ ।Sunrise Bank

दुबै बैंकले मंगलबार सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार डुबेको कर्जामध्ये केही उठाएको र ब्याज आम्दानीमा सुधार गरेर नाफा बढाएका छन् ।

सनराइज बैंकले २४ अर्ब ४८ करोडको कर्जा एक बर्षमा ३३ अर्ब ७७ करोड पुर्‍याएको छ । यसबाट बैंकले खुद ब्याज आम्दानी ८३ करोडबाट बढेर एक अर्ब दुई करोड पुगेको छ । बैंकले यसपाली राइटब्याकबाट २८ करोड २० लाख रुपैयाँ आम्दानी देखाएको छ ।
mega-bank-मेगा बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्षको तुलनामा २० दशमलव ५९ प्रतिशतले वृद्धि गरी ३२ करोड २८ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा २६ करोड ७० लाख रुपैयाँ कमाएको थियो । बैंकले अहिलेसम्म २१ अर्ब ९० करोड कर्जा लगानी गरेको छ । एक विकास बैंकलाई गाभेका कारण पनि बैंकको कर्ज वढेको हो ।

प्रकाशितः २०७३ वैशाख २८

वि.सं.२०७३ वैशाख २८ मंगलवार ११:२८ मा प्रकाशित

You can share this post!

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...