back
NMB ad

बैंकको १०० रुपैंया अंकित २ अर्ब ९७ करोडको सेयरमा आवेदन दिने मिति र स्थान जान्नुहोस !

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले तोकको ८ अर्ब चुक्तापूँजी पुर्याउने क्रममा मेगा बैंकले भदौ २७ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता सेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको हो । उक्त हकप्रद असोज ३० गतेसम्ममा भर्न सकिनेछ ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । ६५ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुग्नेछ । हकप्रदपछि अपुग पूँजी बैंकले गतबर्षको बोनसबाट पुर्याउने सम्भावना देखिन्छ । बैंकले गत बर्ष ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो उसको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ छ ।

टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगााको टुरिजमलाई समेत गाभ्दा चुक्ता पूँजी नौ अर्ब बढी पुग्ने देखिन्छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंक बिच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भएपछि शेयर कारोबार गत माघ ९ गतेदेखि रोक्का छ।

२०७३ माघ ६ गतेसम्म कायम भएका शेयरधनीले उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकको हकप्रद सेयरको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, मेघा बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ।

प्रकाशित मितिः २०७४ भदौ ९

वि.सं.२०७४ भदौ ९ शुक्रवार १८:१३ मा प्रकाशित

You can share this post!

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...