back
NMB ad

३ दिनभित्रमा लिनुहोस् बैंकको १०० रुपैंया अंकित २ अर्ब ९७ करोड बराबरको सेयर !

Kumari bank ad

काठमाडौ । मेगा बैंकले जारी गरेको १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रदमा आवेदन दिने मिति आजसहित जम्मा ३ दिन अर्थात् कात्तिक १४ गतेसम्म आवेदन गर्न पाइनेछ । भदौ २७ गतेदेखि निष्काशन खुला गरिएको सो हकप्रद सेयरमा असोज ३० गतेसम्म आवेदन गर्ने म्याद थियो । बैंकले आवेदन गर्ने मिति बढाएर कात्तिक १४ पुर्याएको थियो ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउने मिसनमा रहेको मेगाले १०ः६.५ अनुपातमा प्रतिकित्ता एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता सेयर शेयरधनीहरुलाई निष्काशन गरेको हो ।

हकप्रद निष्काशनपछि मेगाको चुक्ता पुँजी ७ अर्ब ५६ करोड ८ लाख १६ हजार ४८१।८१ रुपैयाँ पुग्नेछ । यसमा गत माघ ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

मेगाको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङ हो । मेगाको यो हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड नक्साल काठमाडौ र मेगा बैंकको केन्द्रीय कार्यालय राइजिङ मल काठमाडौ तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिंङबाट भने चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १२

वि.सं.२०७४ कात्तिक १२ आइतवार ११:४५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...