back
NMB ad

गभर्नरद्वारा एक्कासी राष्ट्रपतिसमक्ष राजीनामा दिनुको कारण के हो ?

Kumari bank ad

उत्तरपूर्वी भारतीय राज्य मेघालयका गर्भनरमाथि आफ्नै विभागअन्तर्गतका दर्जनौँ कर्मचारीद्वारा पदबाट हटाइनुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेपछि उनले राष्ट्रपति समक्ष बिहीबार पेस गरेको राजीनामा स्वीकृत गरिएको छ । मेघालयका गभर्नर भी. सान मुगानाथनले राष्ट्रपति प्रणव मुखर्जीसामु आफू उक्त पदबाट हट्न चाहेको जनाउँदै राजीनामा पेस गरेका थिए ।

सान मुगानाथनले गभर्नरको कार्यालयलाई ‘किशोरीहरुको क्लब’ बनाएको र अवाञ्छित क्रियाकलाप गर्ने गरेको आरोप लगाउँदै करिब ८० जना कर्मचारीद्वारा हस्ताक्षर गरिएको प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको निवेदन सामाजिक सञ्जालमा भाइरल बनेपछि सो राजीनामा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निवेदनमा किशोरीहरु गभर्नरको कार्यालयमा जाने सिधा अनुमति पाउने गरेका र केहीको सान मुगानाथनको सयन कक्षसम्म पनि पहुँच हुने गरेको दाबी गरिएको थियो । सो निवेदन स्थानीय सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा व्यापक रुपमा आएको थियो । निवेदनमा गभर्नरले आफ्ना कर्मचारीलाई अन्य ठाउँमा सरुवा गरी आफ्नो सहयोगीका रुपमा किशोरीहरुलाई पदस्थापन गर्ने गरेको दाबी गरिएको छ ।

यसलाई निवेदकले अनैतिक क्रियाकलापको संज्ञा दिएका छन् । मेघालय उत्तरपूर्वी भारतको सात राज्यमध्ये एक हो । भारतीय उत्तरपूर्वी राज्य मेघालय प्राकृतिक स्रोतका लागि प्रसिद्ध छ।

प्रकाशित मितिः २०७३ माघ १५

वि.सं.२०७३ माघ १५ शनिवार ०९:१३ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...