back
NMB ad

मेलम्चीको सुरुङ निर्माणका लागि छ महिना म्याद थप

Kumari bank ad

काठमाडौ । मेलम्चीको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीको म्याद छ महिना थप गरिएको छ ।

सुरुङ निर्माणका लागि विसं २०७३ चैत १५ सम्मको म्याद थपिएको मेलम्ची आयोजनाले जनाएको छ ।

कम्पनीले विसं २०७३ असोज १४ सम्म सुरुङ निर्माण सक्नुपर्ने गरी सन् २०१३ जुलाई १५ मा सम्झौता भएको थियो । गत वर्षको भूकम्प र लगत्तैको भारतको अघोषित नाकाबन्दीले सुरुङ निर्माणको काममा अवरोध आएपछि आयोजनाका तर्फबाट छ महिना थप गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

“ठेकेदार कम्पनीलाई अरु थप म्याद चाहिए उपयुक्त कारणसहित समितिमा निवेदन दिन भनिएको छ, निवेदन आएमा समीक्षा गरी आवश्यकताअनुसार निर्णय गरिनेछ”– उनले भने ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसदेखि काठमाडौँको सुन्दरीजलसम्म २७ किमी सुरुङमध्ये २० किमी निर्माण कार्य सम्पन्न भएको र सात किमी बाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ असोज १२

वि.सं.२०७३ असोज १२ बुधवार २०:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...