back
NMB ad

फूल खेतीबाटै मासिक ३ लाख आम्दानी !

Kumari bank ad

कास्की । एक दशकभन्दा बढी समय बिरौटा चोकमा पसल चलाएका वसन्त भण्डारी अहिले पोखराका एक कुशल पुष्प व्यवसायीको रुपमा स्थापित छन्। पसलबाट राम्रो आम्दानी हुँदाहुँदै पनि उनी पुष्प व्यवसायतिर आकर्षित भए ।

६ वर्षअघि भाइटिकाको लागि माला गाँस्न सयपत्री फूल खोज्दै जाँदा उनले भनेजस्तो फूल बजारमा पाएनन्। त्यसपछि वसन्तलाई घरमै राम्रा फूल फूलाउने अठोट जाग्यो। बिरौटा चोकनिर आफ्नो पसल पछाडिको २ रोपनी जग्गामा सयपत्री फूल रोपे।

आफ्नो घरको लागि भनेर उनले त्यतिखेर फूल रोपेका थिए। तर फूल खेती फस्टाएपछि पहिलो वर्ष नै उनले फूल बेचेर २० हजार नाफा कमाए। त्यसपछि फूलखेतीलाई जोडतोडका साथ अघि बढाउने निर्णयमा पुगेका भण्डारी अन्ततः सफल व्यवसायी भए।

धान फल्ने गैरी खेतमा ४ रोपनी जग्गा भाडामा लिएर उनले फूलको बहार ल्याइदिए। ‘वाराही नर्सरी’ नाम दिएर उनले अहिले फूलका बिरुवा, फूल बेचेरै राम्रो आम्दानी गरेका छन्। अहिले उनले मासिक ३ लाख अम्दानी गर्छन्।

बिरौटाको दुई रोपनी र मासबार ४ रोपनी गरेर ६ रोपनीमा फूल व्यवसाय गरेका वसन्त भण्डारी भन्छन् ‘राम्रो आम्दानी पनि छ, व्यवसायबाट सन्तुष्ट छु।’ उनले यसपटक तिहारलाई लक्षित गरी ३ लाख ७५ हजार खर्च गरेर सयपत्री फूल लगाएका छन्। ‘गत वर्ष भन्दा यस पटक राम्रो हुन्छ,’ उनले भने, ‘पोहोर बिउ राम्रो भएन त्यसमाथि झरीले बिगार्यो।’

उनले सयपत्री फूल थुंगाको हिसाबले बेच्ने गरेका छन्। थुंगा हेरेर त्यसको मूल्य तोकिन्छ,’ उनले भने, ‘हामी ३ देखि ५ रुपैयाँसम्म एउटा थुंगा बेच्छौँ।’ उनका अनुसार सामन्यतया एउटा माला गाँस्न ३० वटा थुंगा चाहिन्छ।  ‘तिहारमा सयपत्री फूलकै बढी प्रयोग हुने हुँदा सबै जग्गामा सयपत्री मात्र लगाएको छु’ उनले भने।

विदेशवाट बिउ मगाएर यस पटक दुई थरिका ‘कलकोतिया’ र अमेरिकन मेरी गोल्ड जातका फूलहरु उनले रोपेका छन्।  ‘एउटा बोटमा कलकोतियाले सामान्यतया २ सय वटा थुंगा र मेरी गोल्डले ७० वटा थुंगा हाल्छ’ उनले भने  ‘यस पटक सबै गरेर करिब ४ लाख ५० हजार थुंगा उत्पादन हुने आँकलन छ।’

वसन्त तिनै फूल व्यवसायी हुन् जसलाई यो क्षेत्रमा राम्रो गरेको भन्दै जिल्ला कृषि कार्यालय कास्कीले गत वर्ष पुरस्कृत समेत गर्यो । पुरस्कार स्वरुप ५० हजारको टनेल र १० हजारको बिउ समेत प्राप्त गरेको वसन्त सुनाउँछन्।

‘पुरस्कारले यही व्यवसायमा लाग्न थप मद्धत गर्यो,’  उनले भने, ‘गत वर्षको भन्दा बढी मिहेनत गरेको छु, यस पटक गत वर्षको भन्दा निकै राम्रो हुने अपेक्षा छ।’

फूल व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न सरकारी तवरबाट अझ बढी पहल हुनुपर्ने उनको बुझाई छ। ‘सरकारी तवरबाट सहयोग हुने हो भने फूल खेती गर्नेको संख्या थपिन्छ,’ उनले भने, ‘मल बिउ अनुदान मात्रै दियो भने धेरै हुन्थ्यो।’

सरकारी तवरबाट सहयोग मिलेमा देशमा फूलको आयात गर्नु नपर्ने उनको धारणा छ। ‘तिहारका लागि समेत विदेशबाट फूल आयात हुनु दुर्भाग्य हो’ उनले भने।

१२ कार्तिक २०७३, सेतोपाटी, १।३०

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १४:२३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...