back
NMB ad

नायिका वर्षा राउत यौनकर्मीको भूमिकामा (हेर्नुहोस् भिडियो)

Kumari bank ad

उपत्यकामा असोज ११ र मोफसलमा २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘मेरो पैसा खोई ?’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नायिका वर्षा राउत यौनकर्मीको भूमिकामा प्रस्तुत भएकी छिन् भने सौगात मल्ल उनको पछिपछि लागेका छन् । ट्रेलरले विशेषत यौनकर्मी महिलाहरुको कथा बोल्छ । यो फिल्मलाई उपत्यकामा श्रीराम बालाजी पिक्चर्स र मोफसलमा एफडी कम्पनीले वितरण गर्न लागेको हो । ‘मेरो पैसा खोई ?’ असोज ११ गते राजधानीका हलहरुमा छक्का पन्जा २ सँग भिडन्त गर्दैछ ।

फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रोज राणाले फिल्मको निर्देशन सम्हाल्नु अगाडि मेरो पैसा खोई रु लाई बलिउडको सफल फिल्म भुतनाथका निर्देशक विवेक शर्माले निर्देशन गर्ने पक्का भएको थियो । तर, विवेकले १६ दिनसम्म खिचिएको फिल्मको सबै फुटेज डिलेट गरेर भारत भागपछि रोजले यो फिल्म निर्देशन गरेका हुन् ।

फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह(निर्माताको रुपमा रहेका छन् । यसअघि जय परशुराम निर्देशन गरेका रोजले ‘मेरो पैसा खोई ?’ कमेडी प्रधान फिल्म रहेको बताए ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=suyLmuRvyww

प्रकाशित मितिः २०७४ असोज ९

वि.सं.२०७४ असोज ९ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...