back
NMB ad

विश्वचर्चित फुटबलर मेस्सीले नेपालमा स्वास्थ्य संस्था बनाउँदै

Kumari bank ad

काठमाडौ। विश्व फुटबलका सर्वाधिक चर्चित खेलाडी मेस्सीका प्रशंसकलाई यो खबरले खुसी तुल्याउने छ कि, उनी हाम्रो दुःखमा हातेमालो गरिरहेका छन् । यो सहयोग तिनै नेपालीप्रति लक्षित छ, जो विनासकारी भूकम्पको चपेटामा परे । खासगरी उनले भूकम्प प्रभावितका लागि स्वास्थ्य सेवामा प्रत्यक्ष सहयोग गरेका छन् ।

फुटबलर लियोनल मेस्सीले आफ्नो लोक कल्याणकारी संस्था ‘मेस्सी फाउन्डेसन’ मार्फत भूकम्पले ढलेका स्वास्थ्य संस्था ठड्याउँदैछन् । यसको मेलोमेसो मिलाएको हो, युनिसेफले । युनिसेफले मेस्सी फाउण्डेसनको सहयोगमा भूकम्प प्रभावित १४ जिल्लाका ७४ वटा स्वास्थ्य संस्था बनाइरहेको छ ।

युनिसेफलाई स्वास्थ्य संस्था पुनर्निर्माणका लागि विभिन्न दातृ निकायले सहयोग गर्दै आएको छ । जसमध्य मेस्सी फाउण्डेसन पनि एक हो । मेस्सी फाउण्डेसनलाई अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सीले सन् २००७ मा स्थापना गरेका हुन् । उनी हाल बार्सिलोनाका तर्फबाट फुटबल खेल्छन् । उनी सन् २०१० मा युनिसेफका ब्राण्ड एम्बास्डर नियुक्त गरिएका थिए ।

स्वास्थ्य मन्त्रालयले मेस्सी फाउण्डेनको संलग्नताबारे केही बताएको छैन । यद्यपी, मेस्सी फाउण्डेसनका सञ्चालक लियोनल मेस्सीले भने नेपालका भूकम्प प्रभावित क्षेत्रमा युनिसेफसित मिलेर स्वास्थ्य संस्था निर्माण गरेको देख्दा खुशी लागेको बताएका छन् । उनले गत मार्च २२ मा फेसबुक स्टाटसमार्फत उक्त प्रोजेक्ट अगाडि बढेकोमा खुशी प्रकट गरेका छन् ।

आउँदो असार मसान्तभित्रमा स्वास्थ्य संस्था पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित युनिसेफले कुल २२ करोड रुपैयाँ लागतमा भूकम्पद्वारा पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य संस्था निर्माणको कामलाई अगाडि बढाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य संस्था पुनर्निर्माण गरिने जिल्लाहरुमध्य काभ्रेमा १०, नुवाकोटमा ७, धादिङमा ४, दोलखामा ११, रामेछापमा १३, ओखलढुंगामा ६, गोरखामा, १२, सोलुखुम्बुमा ९ तथा ललितपुरमा २ रहेका छन् । त्यसमध्य ४० स्वास्थ्य संस्थाहरुमा पुनर्निर्माणको काम सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २२

वि.सं.२०७४ वैशाख २२ शुक्रवार १५:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...