Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, फागुन ११ , २०७३  |  
Wednesday, February 22, 2017

अर्जेन्टिनाको राजधानीमा रहेको मेस्सीको प्रतिमा तोडफोड

January 11, 2017

Messi-Statue

बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको अर्जेन्टिनी राजधानी ब्यूनर्स आयर्समा अवस्थित प्रतिमा तोडफोड भएको छ । गत जुन महिनामा अनावरण गरिएको तामाको प्रतिमामा कम्मरमाथिको भाग काटिएको छ ।

तोडफोडको कारण स्पष्ट हुन नसकेपनि शहरका अधिकारीहरुले यसको पुनर्निर्माण प्रक्रिया भइरहेको जानकारी दिएका छन् । मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै मेस्सीको प्रतिमा अनावरण भएको थियो । उनले पछि सन्यास फिर्ताको निर्णय गरेका थिए ।

मेस्सीको प्रतिमा ब्युनर्स आयर्सको ग्लोरी स्ट्रिटमा अवस्थित थियो, जहाँ अर्जेन्टिनाका खेल स्टारहरुको प्रतिमा राखिएको छ । टेनिस स्टार गाव्रियल सावातिनी र बास्केटबल खेलाडी म्यानुअल गिनोविलीको प्रतिमा त्यहाँ छ ।

यो क्षेत्रका मुर्तिहरु पहिले पनि चोरहरुको निशानामा पर्ने गरेका थिए ।

प्रकाशित मितिः २०७३ पुस २७

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु