back
NMB ad

खोटाङमा अब बिजुली जाँदैन, यसरी हट्ने भो लोडसेडिङ

Kumari bank ad

खोटाङ । खोटाङ जिल्लामा उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर शुक्रबारदेखि संचालनमा आएको छ । दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट जलविद्युत् उत्पादन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जलविद्युत्को उद्घाटन गरे । उनले स्थानीय जनप्रतिनिधि नहुँदा गाउँ तथा नगरमा बर्सेनि विकासका लागि पठाइएको अरबौँ रकम दुरुपयोग हुने गरेको भन्दै चाँडोभन्दा चाँडो स्थानीय तहको चुनाव हुनुपर्नेमा जोड दिए ।

समुदाय, सानिमा बैंक र बैंक अफ काठमाडौँबाट व्यहोरिएको करिब रु २२ करोडको लागतमा हाइड्रोपावर सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए ।
जिल्लामा २.५ मेगावाट विद्युत् खपत भइरहेकामा मेवा खोलाबाट उत्पादित एक मेगावाट विद्युत् थप भएपछि विद्यत्भार कटौती नहुने बताइएको छ ।

जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा विसं २०७१ देखि हाइड्रोपावरको काम सुरु गरिएको थियो । विसं २०७२ असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्ष दिनपछि सञ्चालनमा ल्याउन सफल भएको आयोजना प्रमुख ललितकुमार राईले बताए । गत मङ्सिर १५ गतेदेपखि उक्त हाइड्रोपावरलाई परीक्षण प्रसारणमा ल्याईएको थियो ।

मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसनमा जोडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी क्षमताको मेवाखोला हाइड्रोपावर सार्वजनिक, निजी साझेदारी ढाँचामा सञ्चालित आयोजना हो ।

प्रकाशित मितिः २०७३ माघ १

वि.सं.२०७३ माघ १ शनिवार ०८:५८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...