back
NMB ad

हेर्नुहोस्, १०२ मेगावाटको मध्य भोटेकोसीको काम कति सम्पन्न भयो र कहिले सकिन्छ ?

Kumari bank ad

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ । जुरे पहिरो, विनाशकारी भूकम्प, नाकाबन्दी र गएको असार २१ गते आएको बाढीलगायतले पटक÷पटक अवरोध पु¥याएपछि हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताएका छन् ।

सन् २०१३ बाट सुरु भएको सो आयोजना सन् २०१७ को जुनमा सम्पन्न गर्ने लक्ष्य लिएकोे थियो तर विनाशकारी भूकम्प र नाकाबन्दीका कारण करिब १५ महिना काम रोकिएकोले सन् २०१८ को अन्त्यसम्ममा सो कार्य सकिने लक्ष्य लिएको छ । गएको असारमा आएको बाढीले बाह्रबिसे तातोपानी सडक खण्ड पूर्णरुपमा क्षति भई केही महिना काम रोकिएकाले उक्त समयमा पनि काम सम्पन्न हुने नदेखिएपछि आयोजना पुनः एक वर्षपछि धकेलिएको छ ।

मुआब्जा र राजनीतिक दलसँगको असमझदारी समस्या समाधान भए पनि कुनै बाधा व्यवधान नआएमा सन् २०१९ को अन्त्यसम्ममा सम्पन्न हुने आयोजना प्रमुख डा लामाले जानकारी दिए ।
सिभिल इन्जिनियरिङको काम चीनको ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिक कम्पनी र मेकानिकल इन्जिनियरिङको काम अस्ट्रियाको एनब्रीज हाइड्रोकम्पनीले ठेक्का लिएको छ । विद्युत् गृह र हेड वर्कको काम सुरु भएको छ भने ८ कि.मि. सुरुङमध्ये १२०० मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

त्यसैगरी डाइभर्सन टनेलको काम सम्पन्न भएको छ । मार्मिङ गाविसको चाकु बजारस्थित ३१ घर परिवारलाई क्षतिपूर्ति प्रदान गरी २० घरपरिवार अन्यत्र सारिसकेका छन् । क्षतिपूर्ति पाएर पनि बसोवासका लागि अतिरिक्त जग्गा माग गरेकाले एक विद्यालय र एक स्वास्थ्य चौकीसहित ११ घरपरिवारलाई थप चार आनाका दरले जग्गा उपलब्ध गराएको आयोजनाले जनाएको छ ।

मार्मिङ गाविसको चाकु बजारको दोभानमा बाँधबाँधी ८ कि.मि. सुरुङ मार्गद्वारा गाती गाविसको जम्बुमा निर्माण गरिने विद्युत् गृहमा पानी लगिने १०२ मेगावाटको सो आयोजना रु १४ अर्बको लागतमा निर्माण गरिने भएको छ ।

त्यसैगरी मुनलाइट हाइड्रोपावर कम्पनीद्वारा निर्माण भइरहेको १० दशमलव ६ मेगावाटको बलेफी ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म २५ प्रतिशत सम्पन्न भएको कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले बताए ।

रु एक अर्ब ७४ करोडमा निर्माण भइरहेको सो आयोजना सन् २०१८ को जुलाइमा सम्पन्न हुने सम्झौता भएको छ । सेलाङ गाविसको कुम्भेस्वरमा इन्टेक बनाई सेलाङकै कुमाले भन्ने ठाउँमा विद्युत् गृह निर्माण गरिने छ । उक्त आयोजनाका लागि १० कि.मि. प्रवेश मार्गको निर्माणकार्यसमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

प्रकाशित मितिः २०७३ माघ ८

वि.सं.२०७३ माघ ८ शनिवार १६:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...