back
NMB ad

मिलानो ब्राण्डका फुटवेयर अब नेपालमा

Kumari bank ad

काठमाडौँ । एक्सन पोलिमर प्रा. लि. इटालियन प्रविधिद्धारा विश्वको उत्कृष्ट पोली युरिथिन (पीयु) फुटवेयर बनाउने स्वदेशी उत्पादकले नेपाली बजारमा पहिलो पटक मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक गरेको छ ।

३० करोड रुपैयाँ लगानी भएको कम्पनी सन् २०१६ मा भैरहवामा स्थापना भएको हो, जसले पीयु स्लीपर, स्याण्डलहरु र जुत्ताहरु हरेक उमेर समूहका मानिसहरुका लागि उत्पादन गर्दछ ।

एक्सन पोलिमर्सले मिलानो ब्राण्डका स्लीपरहरु तथा स्याण्डलहरु उत्पादन गर्दै आएको छ र अब भने दैनिक गतिबिधिमा उपयोग हुने मिलानो ब्राण्डका फुटवेयरको सबै श्रेणीहरु (बच्चादेखि बुढासम्मका लागि) बजारमा ल्याएको छ ।

मिलानो ब्राण्डका फुटवेयरका विशेषताहरुमा हलुका तौल, स्वास्थ्यलाई फाईदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबलका साथमा आरामदायी, टिकाउ, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने किसिमको रहेको छ ।

एक्सन पोलिमर्सका अध्यक्ष राजेश अग्रवालले फुटवेयरको बारेमा भने, ‘हामी नेपालमा विश्वको प्रख्यात इटालियन प्रविधिद्धारा निर्मित फुटवेयर सफल रुपमा सार्वजनिक गर्न पाउँदा निकै गौरवान्वित भएका छौं ।

नेपाली खुट्टामा उपयुक्त हुने किसिमका अन्तराष्ट्रिय स्तरका फुटवेयरहरु आधुनिक फेशन सहित बजारमा प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य रहेको छ । हरेक उमेरको समूह र लिंङ्गलाई हुनेगरि हामीले मिलानो ब्राण्डका फुटवेयर ल्याउन पाउँदा निकै हर्षित भएका छौं ।’

मिलानो ब्राण्डको बारेमा बताउँदै एक्सन पोलिमर्सका प्रबन्ध निर्देशक प्रदिप अग्रवाल र गौरव अग्रवालले भने, ‘नेपाली फुटवेयर उद्योगमा इटालियन प्रविधि भित्र्याउन पाउँदा हामी निकै हर्षित भएका छौं ।

उच्च गुणस्तरको फुटवेयर हरेक उमेर र लिङ्गसमूहका लागि उत्पादन गरिरहेको बाहेक हामीसँग हरेक प्रकारका फुटवेयरका श्रेणीहरु स्लीपर, स्याण्डल र जुत्ताहरुमा उपलब्ध छ ।

फुटवेयर उद्योगहरु रोजगार सिर्जना गर्ने प्रमुख औद्योगिक क्षेत्र मध्ये एक भएको तथ्यलाई ध्यानमा राख्दै, बेरोजगारीको समस्यालाई न्यूनीकरण गर्नसक्ने गरि उपभोक्ताको मागका आधारमा उच्च स्तरका जुत्ताहरु आधुनिक फेशन सहित उत्पादन गरिरहेका छौं । हाम्रो लक्ष्य भनेको स्थानिय फुटवेयर उद्योगलाई प्रबद्र्धन गर्नु हो र आयातलाई बिस्थापन गर्दै निर्यात बढाउनु हो । जसले दिर्घकालमा आर्थिक स्थाईत्व प्रदान गर्दछ ।’

एक्सन पोलिमर प्रा। लि।को बारेमा

एक्सन पोलिमर प्रा। लि। इटालियन प्रविधिको प्रयोगद्धारा विश्वको उत्कृष्ट पियु फुटवेयर बनाउने उत्पादक हो र नेपाली बजारमा यस्तो प्रविधि प्रयोग गर्ने पहिलो कम्पनी हो ।

कम्पनीमा रहेका केहि विशेषताहरु यस्ता छन् –

उच्चस्तरका फुटवेयरहरु निर्माणमा गुणस्तर कायम गर्नका लागि आवश्यक प्रविधि तथा सिपहरु सन २०७४ मा स्थापना भएका एक्सन पोलिमर प्रा। लि।ले निकै छोटो अवधिमा नेपाल अधिराज्य भरि आफ्नु छबि उच्च राख्न सफल भएको छ र बजारमा प्रतिस्पर्धि मूल्यमा उच्च स्तरका उत्पादनहरु ल्याएकोमा प्रसिद्ध भएको छ ।

स्थापनाको एक्सन पोलिमर प्रा। लि।का उत्पादनहरु स्लीपरहरु र स्याण्डलहरुपछि जुत्तामा बिस्तारित भएको छ र आगामी दिनहरुमा दैनिक आवश्यकताका लागि चाहिने हरेक श्रेणीका फुटवेयर उत्पादन गर्ने योजना लिएको छ ।

प्रकाशित मितिः २०७४ असोज २६

वि.सं.२०७४ असोज २६ बिहीवार १८:५२ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...