back
NMB ad

मिस टिनको फाइनलका लागि ३० युवती छानिए

Kumari bank ad

काठमाडौँ । काठमाडौँ जेसिसले सन् २०१७ का लागि आयोजना गर्ने मिस टिनको १५ औं संस्करणको दोस्रो अडिसनबाट ३० जना प्रतिस्पर्धि छानिएका छन् ।

दोस्रो अडिसनमा ४५ जना सहभागी थिए । प्रथम चरणको अडिसनमा सहभागी ७३ युवतीमध्येबाट उनीहरु छानिएका थिए । दोस्रो चरणमा छानिएकाहरु अब प्रशिक्षणमा सहभागी हुनेछन् ।

काठमाडौँ जेसिसले १६ देखी १९ बर्षका युवतीहरुको लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई महिला सशक्तिकरण गर्न प्रत्येक बर्ष मिस टिन प्रतियोगिता गर्दै आएको छ ।

पहिलो अडीसनमा काठमाडौं जेसिसका बर्ष २०१७ का अध्यक्ष दिपक भण्डारी , कार्यकारी उपाध्यक्ष ईनु थापा, पुर्वअध्यक्षहरु ईन्द्ररत्न बज्राचार्य, रत्नकाजी श्रेष्ठ, सेनेटर मनोजकुमार श्रेष्ठ , मिस टिन नेपाल २०१६ की बिजेता जस्मिन खड्का , मिस टिन २०१५ की उपविजेता तथा राष्ट्रिय तेक्वान्डो खेलाडी रोजी गिरी, नृत्य संयोजक स्वजन रघुबंशी, कलाकार मन्चिन शाक्यसहितको निर्णायक मण्डलले सहभागी युवतीहरुको अडीसन लिएका थिए ।

दोस्रो चरणमा शनिबार भएको अडिसनमा काठमाडौं जेसिजका पूर्बअध्यक्षहरु शुशिलकुमार श्रेष्ठ, गणेश पौडेल, तालिम निर्देशक सुरेन्द्र शाही ठकुरी, निबर्तमान अध्यक्ष सुमन महर्जन, कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापा, मिस टीन नेपाल २०१५ की बिजेता धृती केसी, २०१५ कि उपविजेता रोजी गिरी, मिस टीन नेपाल २०१६ की उप बिजेता उर्जा नेवाको जुरी प्यानलले सहभागी युवतीहरुको अडिसन लिएको थियो ।

सहभागीमध्येबाट छानिएका ३० जना उत्कृष्ट प्रतियोगीलाई तालिममा सहभागी गराईने काठमाडौं जेसिज मिस टिन नेपालकी कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापाले जानकारी दिइन् ।

काठमाडौं जेसिजले १९९४ मा मिस नेपाल गरेपछि मिस नेपाल पछिको दोस्रो ठूलो सुन्दरी प्रतियोगिताको रूपमा रहेको मिस टिन नेपाल गर्दै आएको छ । यसमा मिस धरान, मिस हेटौंडा, मिस पोखरा र मिस पूर्वाञ्चलले सोझै सहभागी हुन पाउने जानकारी अध्यक्ष दीपक भण्डारीले दिए ।

यस बर्षको इन्चाईन्टर मिस टिन नेपाल २०१७ लाई फ्रान्सबाट उत्पादि ब्युटी प्रोडक्ट ईन्चाईन्टरले प्रायोजन गरेको छ । सहप्रायोजकको रुपमा रिलायन्स पेन्ट रहेको कन्सर्न उपाध्यक्ष बिवश कर्मचार्यले बताए ।

प्रकाशित मितिः २०७४ भाद्र ११

वि.सं.२०७४ भदौ ११ आइतवार १३:४६ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...