back
NMB ad

बैंकको सेयर छ? शतप्रतिशत हकप्रदपछि अब दिंदैछ ११ प्रतिशत बोनस !

Kumari bank ad

काठमाडौ । मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सातौं वार्षिक साधारणसभा आगामी असार २६ गते बुटवलको अम्रपाली कटेज एण्ड रेष्टुरेन्टमा हुने भएको छ । साधारण सभाका लागि बैंकले विभिन्न प्रस्तावहरु अगाडि लैजाँदैछ ।

बैंकले यसअघि जारी गरेको शतप्रतिशत हकप्रदपछि सेययरधनीलाई ११ प्रतिशत बोनस दिने भएको छ । शतप्रतिशत हकप्रद जारी गर्नुअघि बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । बैंकले कर प्रयोजनका लागि २२ लाख ५७ हजार रुपैंया बराबरको नगद लाभाँश प्रदान गर्ने भएको छ ।

यसका लागि असार १४ गते अगावै सेयर किनिसकेका सेयरधनीले साधारण सभामा सहभागीता सँगै लाभाँश पाउनेछन् । बैंकले असार १४ लाई बुक क्लोजको मिति तोकेको छ ।

शत प्रतिशत हकप्रद बिक्रीपपछि बैंकको चुक्ता पुँजी ३८ करोड ९८ लाख पुगेको छ । बोनस बाँडेपछि बैंकको चुक्तापुँजी ४३ करोड २६ लाख पुग्नेछ । राष्ट्र बैंकको निर्देशनअनुसार एक देखि ३ जिल्ला कार्यक्षेत्र बनाएर काम गरिरहेका विकास बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा चुक्तापुँजी ५० करोड पुर्याउनुपर्नेछ । राष्ट्र बैंकको निर्देशिकाअनुसार अब बैंकले ६ करोड ७४ लाख रुपैंया थप गर्नुपर्नेछ ।

प्रकाशित मितिः २०७४ जेठ २९

वि.सं.२०७४ जेठ २९ सोमवार ११:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...