back
NMB ad

मोबाइलमा नेटवर्क नभएपछि यसरी रुखमा चढे मन्त्री !

Kumari bank ad

मोबाइलमा नेटवर्क नभएपछि भारतका एक केन्द्रीय मन्त्रीले रुखमा चढेर फोन गरेको विषय अहिले भारतमा निकै चर्चित भएको छ । ‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो ।

आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणमा रहेका उनले ढोलिया गाउँमा नेटवर्क नभएपछि रुखमा चढेर मोबाइल फोनमा कुरा गरेका हुन् ।

स्थानीयले गाउँको अस्पतालमा नर्स नभएको गुनासो गरेपछि उनले सम्बन्धित अधिकारीलाई यसबारे जानकारी गराउन र नर्सको व्यवस्था मिलाउन निर्देशन दिन खोजेका थिए । तर फोनमा नेटवर्क नभएपछि उनको प्रयास सफल हुन सकेको थिएन ।

गाउँलेले नै अग्लो ठाउँमा कतै कतै नेटवर्क आउँछ भनेपछि मन्त्री मेघवालले रुखमा चढेर फोन सम्पर्क गरेका हुन् । उनलाई रुखमा चढ्नका लागि गाउँलेले एउटा सिँढीको व्यवस्था गरिदिएका थिए ।

सिँढीमार्फत रुखमा चढेर उनले मोबाइलमा कुरा गरेको दृष्य केही ग्रामिण युवाले आफ्नो मोबाइलमा कैद गरेका थिए । तिनै ग्रामिण युवाले खिचेका केही तस्वीर र भिडियो अहिले भारतमा निकै भाइरल बनेको छ ।

प्रकाशित मितिः २०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...