Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

मोबाइल एसएमएस सेवा निःशुल्क

August 14, 2017

mobile

काठमाडौं । काठमाडौं उपत्यका बाहेक सबै जिल्लामा मोबाइल सेवा प्रदायकले निशुल्क एसएमएस सेवा दिने भएका छन् ।सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ट्विइट गरेर केही दिनलाई उपत्यका बाहेक सबै जिल्लामा निशुल्क एएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । टेलिकमले यो सेवा साउन ३१ गतेसम्म दिने जनाएको छ ।
गुरुङले ट्विइटरमा लेखेका छन्– “अहिलको विपदलाई ध्यानमा राखि काठमाडौ उपत्यका बाहेकका जिल्लाहरुमा सबै सेवा प्रदायकबाट एसएमएस सेवा केही दिनकालागि निःशुल्क गर्ने व्यवस्था”

त्यस्तै नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभाग बीच जल तथा मौसम जन्य विपत सम्बन्धि पूर्व सूचना मोबाइल मार्फत एसएमएस पठाउने सम्झौताअनुसार आइतबारदेखि विपत प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि समूहगत रुपमा एसएमएस निःशुल्क पठाउन सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मितिः२०७४ साउन ३०

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु