back
NMB ad

संसदले बाँड्दैछन् आधुनिक कृषि औजार, तपाईको जिल्लामा आयो ?

Kumari bank ad

पर्वत । प्रत्यक्ष निर्वाचित सांसदको निर्वाचन क्षेत्रमा पूर्वाधार विशेष क्षेत्रमा खर्चिनुपर्ने रकम पर्वतमा भने कृषि र आयआर्जनमा खर्चिएको छ ।

पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीमार्फत भित्रिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकमले जिल्लाका कृषकलाई यान्त्रिक हलो वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यले किसान र उद्यमीलाई विभिन्न सामग्री वितरण गरिएको हो । उक्त रकमले कृषि, पशु र उद्यमी महिलाका लागि रु १० लाख बराबरका औजार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

कृषि कार्यालयसँंगको समन्वयमा सांसद जोशीले मिनी पावरटिलर ९यान्त्रिक हलो० १८, सिलाइ मेसिन १०, माइक्रोस्कोप १० थान र तीनवटा कुटानी–पिसानी मिल वितरण गरिएको हो ।

जिल्लाका सबै गाविसका प्रत्येक वडामा सडक र घरघरै विद्युत् पुगिसकेकाले अब आयमूलक व्यवसाय नगरी ग्रामीण क्षेत्रका नागरिकको जीविका उकास्न नसकिने भन्दै सांसद जोशीले अहिलेसम्म अरू विकासमा करोडौँ रुपैयाँ बाँडेको तथा सडक, बिजुली र खानेपानी पुगिसकेकाले अब आयमूलक विकास पहिलो आवश्यकता रहेको बताए ।

रु ७५ हजार मूल्य पर्ने मिनी पावरटिलर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । गोरुको अभावमा खेत बाँझो राख्न बाध्य किसान छानेर पावरटिलर वितरण गरिएको उनले बताउनुभयो । कार्यालयले थालेको जमिन बाँझो नराख्ने अभियानलाई यसले सघाउ पु¥याउने उनको विश्वास रहेको छ ।

गाउँका पशु सेवा केन्द्रमा माइक्रोस्कोप नहुँदा किसानले गाईभैँसीको मलमूत्र जाँच गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता अब हट्ने वरिष्ठ पशु विकास अधिकृत सुधिर थापाले बताए ।

त्यस्तै, सिलाइ मेसिनको अभावमा गाउँबाट मेसिन मगाएर सिकाउनु परेकामा अब सहज हुने व्यावसायिक सीप विकास तालिम केन्द्र पर्वतका प्रमुख किरणचन्द्र सुवेदीले बताए ।

२७ फागुन २०७३, रासस, ११।००

वि.सं.२०७३ फागुन २७ शुक्रवार १४:२९ मा प्रकाशित

You can share this post!

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...