back
NMB ad

मोदी श्रीलंका जाने भएपछि बारुलाको गुँड हटाइयो

Kumari bank ad

भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंका ली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्रीलंका जाँदैछन् ।

बुद्ध जयन्तीको उपलक्ष्यमा राजधानी कोलम्बोमा आयोजित वैशाखू नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नेछन् । एसियाकै ज्योति ((((((((लाइट अफ एसिया)का नामबाट विश्वभरका अरबौं शान्तिप्रेमी जनताले श्रद्धा र भक्ति गर्ने भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु (महा परिनिर्वाण) को स्मरण गर्दै वार्षिक जयन्ती मनाइने तिथि बुधबार वैशाखशुक्ल पूर्णिमाको दिनलाई संयुक्त राष्ट्र संघले पनि अन्तर्राष्ट्रिय रुपमा मान्यता दिई युनाइटेड नेसन्स डे अफ वैशाख भन्ने नामाकरण गरेको छ ।

युनाइटेड नेसन्स डे अफ वैशाखको उपलक्षमा गरिने अन्तर्राष्ट्रिय वार्षिक बौद्ध सम्मेलन यस वर्ष कोलम्बोमा आयोजिना गरिएको छ । सम्मेलनलाई सम्बोधनपश्चात् हेलिकप्टरबाट प्रधानमन्त्री मोदी तथा श्रीलंका राष्ट्रपति विक्रम रणसिङ्घे कोलम्बोको स्थानीय एक बिशाल चिया बगान भ्रमण गर्नेछन् ।

प्रधानमन्त्री मोदीले भारतको आर्थिक सहयोगबाट उक्त चिया बगानमा नवनिर्मित एक सुबिधा सम्पन्न अस्पतालको उद्घाटन गर्नेछन् । त्यस अवसरमा त्यहाँ स्थित चिया बगान तथा भारतीय सम्पदा स्थलमा कार्यरत भारतीय नागरिकहरुलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

हवाई मार्ग वा हेलिकोप्टर अवतरण गर्दा बिषालु बारुलाहरुले चिल्न सक्ने खतराबाट जोगाउन र प्रधानमन्त्री मोदीको ब्यक्तिगत शारिरीक सुरक्षालाई ध्यानमा राखी कार्यक्रम स्थलभन्दा दुई किलोमिटर वरपरका अग्ला रुखहरुमा गुँड लगाएर बसेका हजारौंको सङ्ख्याका बारुलाहरुलाई श्रीलंकाका अधिकारीहरुले टाढाको जङ्गलमा चाकासहित सारिदिएको श्रीलंकाको मौरी संरक्षण सङ्गठनका प्रमुख तिस्सा बन्दरा थम्बाविताले बताए ।

गुँड स्थानान्तरण तथा अतिथिहरुलाई बारुलाबाट बचाउ कार्यका लागि आठ जना प्राविधिकहरुलाई खटाइएको पनि थम्बाविताले जानकारी दिए । प्रधानमन्त्री मोदी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ । रासस

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार १५:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...